काठमाडाैं – नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महर गत महिना अमेरिका गए । त्यहाँ पुगेको केही दिनपछि फेसबुक खोल्दा पासवर्ड मिलेन । उनलाई विदेशमा भएकाले केही समस्या भएजस्तो लाग्यो । पटक–पटक पासवर्ड हान्दा पनि नखुलेपछि भने उनी सशंकित भए । वास्तवमा उनको फेबसबुक ह्याक गरेर अरू कसैले चलाइरहेको थियो । नेपाल आएपछि उनले अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा, टेकुमा उजुरी दिएका छन् । तर, उनको फेसबुक रिकभर हुन सकेको छैन ।

उनीजस्तै २० भन्दा बढी देशका चर्चित व्यक्तिहरू यतिवेला फेसबुक ह्याक भएको भन्दै उजुरी लिएर प्रहरीकोमा पुगेका छन् । फेसबुक ह्याक हुँदा धेरै फलोअर्स भएका उनीहरूको फेसबुक अकाउन्ट मात्र गुमेको छैन, गोपनीयतासमेत खुल्ने चिन्ता छ । अर्कोतर्फ एकैपटक धेरै सेलेब्रिटीको फेसबुक ह्याक हुनुलाई अनौठो पनि मानिएको छ ।

क–कसको भयो ह्याक ? कलाकार ऋषि लामिछाने र सरिता लामिछाने दम्पतीको एकैदिन फेसबुक ह्याक भयो । ऋषिले ह्याक भएको दुई दिनपछि नयाँ फेसबुक अकाउन्ट खोले । त्यो पनि दुई दिनमा नै ह्याक भयो । पटक–पटक आफूहरूको फेसबुक ह्याक हुनु अचम्म भएको सरिता बताउँछिन् । नायिका अशिस्मा नकर्मी, एलिसा राई, गायिका बीमा कुमारी दुरा, गायक भरत सिटौला, स्वस्तिमा राजभण्डारी, विल्सनविक्रम राई, गायिका पुष्पा बोहोरा, शान्ति सुनुवार, सविन श्रेष्ठ, कुमार कट्टेल तथा कवि नवराज पराजुलीले फेसबुक ह्याक भएको प्रहरीमा उजुरी दिएका छन् । एमाले नेतृ रामकुमारी झा“क्री र अनेरास्ववियुका महासचिव ऐन महरको समेत फेसबुक ह्याक भएको छ । ह्याक भएकामध्ये केहीको फेसबुक अरेबिक भाषामा चलाइएको छ भने केहीको डिएक्टिभ गरिएको छ । भरत सिटौला, एलिसा राई, रामकुमारी झाँक्री, भूमिका गिरीलगायतको रिकभर भए तापनि अधिकांशको ह्याक नै छ । रिकभरका लागि प्रहरीले फेसबुकलाई इमेल गरेको छ । हजारौँ फलोअर्स भएको र महत्वपूर्ण फोटो र सामग्रीहरू राखिएका फेसबुक ह्याक हुँदा उनीहरू तनावमा छन् । सेलेब्रिटीको हकमा फेबसुकले पटक–पटक रिकभर गर्दै आएको प्रहरीले जनाएको छ ।

एलिसा रार्इ फेसबुक ह्याक पछिल्लो समय ठूलो समस्या बनेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का निर्देशक पुष्कर कार्की बताउँछन् । कतिपय सेलेब्रिटीलाई त ह्याकरले पैसा माग्दै ब्लाकमेलिङसमेत गरेका छन् । एलिसा राईको इन्स्टाग्राम अकाउन्टसमेत ह्याक भएको छ । गत वर्ष गायिका ज्योती मगरको फेसबुक पनि ह्याक भएको थियो ।

कसरी हुन्छ ह्याक ? नेपालमा खासगरी दुई किमिसबाट फेसबुक ह्याक हुने गरेको छ । ९० प्रतिशत ह्याक ‘फिसिङ’मार्फत हुने गरेको छ । लिंक पठाउने र त्यसभित्र जान फेसबुकको पासवर्ड हाल्न लगाइन्छ । त्यहीँबाट उनीहरूले पासवर्ड थाहा पाएर ह्याक गर्छन् । अर्कोथरी इमलेबाट हुन्छ । फेसबुक चलाउन इमेल आइडी चाहिन्छ । कतिपयले फेसबुक खोल्न छुट्टै इमेल प्रयोग गरेका हुन्छन् । जुन ५/६ महिनासम्म पनि चलाउँदैनन् । लामो समय इमेल नचलाउँदा त्यो डिएक्टिभ हुन्छ र अरूले पनि त्यो आइडी लिन पाउँछन् । केही ह्याकरहरूले सेलेब्रिटीहरूको इमेल पत्ता लगाई फलो गरिरहेका हुन्छन् । त्यस्तो इमेल डिएक्टिभ भएपछि आफूले त्यही आइडी बनाएर फेसबुक पासवर्ड बिर्सिएको भन्दै फेसबुकमा कोड पठाउन लगाएर ह्याक गर्छन् । पासवर्ड बिर्सिएको अवस्थामा फेसबुकले इमेलमा कोड पठाउने भएकाले यसरी पनि ह्याक हुने गरेको छ । यसबाहेक पछिल्लो समय विभिन्न फोटोहरूमा क्लिक गर्दा पनि फेसबुक ह्याक हुने गरेको सिआइबीका इन्स्पेक्टर सुरेश थापा बताउँछन् । सकेसम्म नचिनेको मान्छेस“ग फेसबुकमा साथी नबन्न र उनीहरूले पठाएका लिंक तथा फोटोमा क्लिक नगर्न प्रहरीले आग्रह गरेको छ । अनुमानमा मिलाउन सकिने कमजोर पासवर्डका कारण पनि कतिपयको सोसियल अकाउन्ट ह्याक भएका छन् । बलियो र टु स्टेप अथेन्टिकेसन अपनाउनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । अरूले पनि प्रयोग गर्ने मोबाइल तथा कम्प्युटरमा सोसियल साइट खोल्दा ‘इन्टरनेट इतिहास’ मेट्नुपर्छ । नत्र सहजै पासवर्ड पत्ता लाग्न सक्छ । कतिपय अवस्थामा भाइरसहरूका कारण पनि ह्याक हुन सक्ने भएकाले आफूले प्रयोग गर्ने कम्प्युटर÷ल्यापटप नियमित स्क्यान गर्नुपर्छ ।

पिएबाटै मन्त्रीको फेसबुक ह्याक ! फेसबुक ह्याक भएको भन्दै एक मन्त्रीले हालै महानगरीय अपराध महाशाखामा उजुरी गरे । प्रहरीले अनुसन्धान गरी ह्याक गर्ने व्यक्तिको मोबाइल नम्बर पत्ता लगायो र मन्त्रीलाई जानकारी गरायो । ‘ए आफ्नै मान्छेले बदमासी गरेको रहेछ, छाडिदिनुस्,’ भन्दै मन्त्रीले थप अनुसन्धान गर्न नपर्ने बताए । किनकि त्यो नम्बर उनकै पिएको थियो । धेरैजसो समय उनको फेसबुक पिएले चलाउँदा रहेछन् । मन्त्रीलाई थाहै नदिई पासवर्ड परिवर्तन गरिदिएपछि ह्याक भएको भन्दै उनले उजुरी गरेका थिए । प्रधानमन्त्रीसहित नेपालका धेरैजसो नेताहरूको फेसबुक सहयोगीहरूले चलाउने गरेका छन् । जसकारण पटक–पटक समस्यासमेत हुने गरेको छ । प्रविधिको आकर्षण बढे पनि यसबारेमा राम्रो ज्ञान नहुँदा फेसबुकले समस्या निम्त्याउँदै गएको छ ।

प्रधानमन्त्री र श्रममन्त्रीद्वारा सिआइबीमा उजुरी साइबर क्राइममा अनुसन्धान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र श्रममन्त्री फरमुल्लाह मन्सुरले समेत प्रहरीमा उजुरी दिएका छन् । प्रधानमन्त्रीविरुद्ध ‘लील बुद्ध’ नामक युवाले अश्लील गाली गरेर फेसबुकमा भिडियो अपलोड गरेका छन् । अस्ट्रेलियामा रहेका ती युवकले प्रधानमन्त्रीलाई मार्ने धम्की दिँदै अपलोड गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

त्यस्तै श्रममन्त्री मन्सुरलाई पनि एक युवकले अश्लील गाली गर्दै फेसबुकमा पोस्ट गरेका थिए । रोशन गुरुङ नामक युवाले मन्त्रीलाई दिमाग जा“च गर्नु भन्दै गाली गरेका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

दैनिक २० सम्म उजुरी गम्भीर किमिसका अपराधको मात्र अनुसन्धान गर्ने निकाय महानगरीय अपराध महाशाखामा आजभोलि सर्वसाधारणको ठुलै भिड लाग्ने गर्दछ । गम्भीर किसिमका अपराध बढेर नभई साइबर क्राइमसम्बन्धी अपराध बढेर भिड लागेको हो । महाशाखामा साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्रहरी नायब निरीक्षक राजेश महर्जनका अनुसार दैनिक २० वटासम्म उजुरी आउने गरेका छन् । नक्कली फेसबुक खोलेर चत्रिरहत्या गरेको, फेसबुकबाट चिनजान भएका व्यक्तिले ठगी गरेको, मानहानी हुने गरी स्टाटस तथा भिडियो राखेकोदेखि फेसुबकमा गोप्य तस्बिर राखिदिने भन्दै ब्लाकमेल गरेकोसम्म उजुरी पर्ने गरेका छन् । फेसबुकसम्बन्धी आधारभूत ज्ञानसमेत नहुँदा यससम्बन्धी समस्या बढ्दै गएको प्रहरी अधिकारीहरु बताउछन् । त्यस्तै किमिसका उजुरी सिआइबीमा पनि पर्ने गरेका छन् । नेपालमा सिआइबी र महाशाखामा मात्र यस्तो अपराध अनुसन्धान गर्ने दक्ष प्रहरी अधिकृत छन् । यससम्बन्धी मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा मात्र चल्ने गर्दछ ।

फेसबुकले टेर्दैन नेपाललाई नेपालमा फेसबुक प्रयोगकर्ताहरू बढेपछि फेसबुक भने नेपालप्रति कुनै जिम्मेवार छैन । जसकारण समस्या बढ्दै गएको छ । छिमेकी देश भारतमा फेसबुकको कार्यालय छ । जसकारण कुनै पनि सूचना लिन सहज छ । तर, नेपालमा फेसबुकसम्बन्धी समस्या बढिरहँदा फेसबुकले सहयोग गर्दैन । सिंगापुरमा रहेको कार्यालयलाई कहिलेकाहीँ मात्र सहयोग गर्दै आएको छ । सरकारले ने फेसुबकको कार्यालयमा नेपालमा स्थापना गर्न दबाब दिनुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

नेपालमा कति छन् प्रयोगकर्ता ? नेपालमा ७० देखि ८० लाख व्यक्ति सक्रिय रूपमा फेसबुक चलाउने फेसबुककै डाटा छ । जसमध्ये ६४ प्रतिशत पुरुष छन् । फेसबुक प्रयोगकर्तामध्ये ८० प्रतिशत ३४ वर्षभन्दा कम उमेरका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक पुष्कर कार्कीका अनुसारफेसबुक ह्याक पछिल्लो समय ठूलो समस्या बनेको छ । कतिपय सेलेब्रिटीलाई त ह्याकरहरूले पैसा माग्दै ब्लाकमेलिङसमेत गरेका छन् । कसरी जोगिने ह्याकिङबाट? सुरेश थापा, प्रहरी निरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो

फेसबुक चलाउने धेरैले फेसबुकको सेक्युरिटी सेटिङबारे जानकारी राख्ने गरेको पाइन्न । फेसबुक सेक्युरिटी फिचर मात्र जाने ७० प्रतिशत समस्या समाधान हुन्छ । जसमा कसको फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्नेलगायत धेरै विकल्प हुन्छन् । हामीकहाँ उजुरी गर्न आएकामध्ये केही चर्चित व्यक्तिको फेसबुक अरूले नै खोलिदिएका थिए । मोबाइलमा नेट भएपछि एप आफैँ खुल्ने भएकाले त्यसको सेक्युरिटीबारे धेरैलाई जानकारी छैन । मन लाग्दा खोल्ने नत्र साइन आउट पनि नगरी छाडिदिने गर्दा समस्या आउने गर्छ । सेक्युरिटीमा मोबाइल नम्बर राख्नु अहिलेको सहज उपाय हो । कसैले ह्याकको प्रयास मात्र गरे पनि मोबाइलमा सूचना आइहाल्छ । विगतमा लिंक पठाएर फिसिङ हुने गर्दथ्यो, अहिले विश्वमा नयाँ शैली देखिएको छ । जन्मदिनको शुभकामना भनेर फोटो पठाउने र त्यो फोटो क्लिक गर्नेबित्तिकै आफ्नो सबै सूचना त्यसमा जाने नयाँ प्रकारको ह्याकिङ सिस्टम हो । यो नेपालमा भने सुरु भएको छैन । तर, सचेत हुन जरुरी छ । ह्याकिङको अर्को तरिका भनेको भोट हालिदिन आग्रह गर्ने हो । भोट हालेपछि मोबाइलमा एउटा कोड आउँछ त्यो मलाई भन्नुहोला भन्दै झुक्याएर पनि कतिपयका फेसबुक ह्याक भएका छन् । कतिपय मान्छे लोभ्याउने लिंकमा फसेका छन् । नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने र सेक्युरिटी सेटिङमा ध्यान दिए ह्याकिङको समस्या हुन्न । सेलेब्रिटीहरूले सामाजिक सञ्जाल चलाउन त्यसको बारेमा अझ धेरै ज्ञान लिनु जरुरी हुन्छ ।

ह्याकरबाट पीडित विश्वका सेलेब्रिटी

चर्चित अमेरिकन गायिका सेलेना गोमेजको फेसबुक पेज ६ वर्षअघि एक २१ वर्षीय ब्रिटिस युवकले ह्याक गरेका थिए । गारथे क्रसकी नाम युवकलाई प्रहरीले पक्राउ गरेको थियो । क्रसकीले ह्याक गरी सेलेना प्रेमी जस्टिनविरुद्ध जथाभावी पोष्ट गरेका थिए ।

त्यस्तै दुई वर्षअघि बलिउड अभिनेता अमिताभ बच्चाको ट्विटर अकाउन्ट पनि ह्याक भएको थियो । नायिका मनीषा कोइरालाको फेसबुक पनि दुई वर्षअघि ह्याक भएको थियो । गत वर्ष बलिउड अभिनेता ऋतिक रोशनको फेसबुक पेज पनि ह्याक भएको थियो । एक भारतीय किशोरले उनको पेज ह्याक गरेर फेसबुक लाइभ गरेका थिए । विश्वभरि नै सेलेब्रिटीहरू ह्याकरबाट आक्रान्त हुँदै आएका छन् । अन्य देशमा ह्याक भए पनि फेसबुकलगायत सामाजिक सञ्जाल चलाउने कम्पनीस“ग प्रहरीको सम्बन्ध हुने भएकाले तत्कालै रिकभर हुन्छ । तर, नेपालमा भने प्रहरीको पहु“च नहुँदा समस्या हुने गरेको छ ।

बल्लतल्ल रिकभर भयो

मेरो फेसबुक करिब दुई महिनाअघि ह्याक भएको हो । ह्याक भएपछि फेसबुकमा अरबिक भाषामा नराम्रा पोष्टहरू गरिएका थिए । कुनै धम्की भने आएको थिएन । धम्कीचाहिँ फेसबुक रिकभर भइसकेपछि आएको थियो । तेरो आइडी ह्याक गर्छु । नत्र पैसा पठाइदे । भिसा कार्ड मलाई देखा भन्दै हिन्दी र अरेबिक भाषामा धम्की आयो । अहिलेको जमाना भनेको फेसबुकको हो । कतिपय काम फेसबुककै माध्यमबाट हुन्छन् । त्यसकारण ह्याक हुँदा टेन्सन भयो ।

भूमिका गिरी , लोकगायिका मैले धेरै ठाउँमा गएर फेसबुक ह्याक भएको कुरा गरेँ, तर पनि केही भएन । केही हुन्छ कि भनेर प्रहरीमा पनि गएँ, त्यहाँ पनि केही भएन । एक दिन मेरो दाइ (गायक सुनील गिरी)सँग मैले कुरा राखेँ । उहाँले आफ्नो एकजना साथीले बनाउन सक्ने बताउनुभयो । त्यही दिन दिउँसो रिकभर भइसकेको थियो । निकै खुसी भएँ । रिकभर होला भन्ने आश पनि मारिसकेकी थिएँ । करिब एक हप्तामा रिकभर भयो । अहिले त मलाई ह्याक होला कि भन्ने डर लाग्दैन । किनकि मेरो अनुमतिविना आइडी नै नचल्ने गरी सेटिङ मिलाएकी छु ।

श्रीमान्–श्रीमतीकै ह्याक भयो

एक महिनाअगाडिको कुरा हो । ऋषिजीको फेसबुकमा एक्कासि अरेबी भाषा आयो । कसैले फेसबुक दुरुपयोग गर्न सक्ने आशंका गरियो । त्यसबाट कसैलाई गलत कुराहरू जान सक्ने भएकाले मेरो फेसबुकबाट उहाँको फेसबुक ह्याक भएको भन्दै बेलुका ८ बजेतिर स्टाटस राखेँ । भोलिपल्ट त मेरो फेसबुक पनि खुलेन । पासवर्ड मिलेन भन्यो । अरूको अकाउन्टबाट सर्च गर्दा मेरो फेसबुक अकाउन्ट नै गायब थियो । त्यसपछि म प्रहरीमा गएँ । अहिलेसम्म केही पत्ता लागेको छैन ।

सरिता लामिछाने अभिनेत्री फेसबुक टाइमपास मात्र होइन रहेछ भन्ने ह्याक भएपछि महसुस भयो । फेसबुकमा धेरै नै डिपेन्डेन्ट भइएछ । धेरै डकुमेन्टहरू फेसबुकमा थिए । हाम्रा बारेमा आएका समाचार सेयर गरिएका थिए । ३५ हजार फलोअर्स थिए । लाइफको एउटा महत्वपूर्ण पार्ट भइसकेको रहेछ फेसबुक । ह्याक भएपछि साह्रै दुःखी भएकी छु । फेरि नयाँ अकाउन्ट खोलेको छु । ऋषिजीको नयाँ अकाउन्ट खोलेको दोस्रो दिनमा फेरि ह्याक भयो । दुवैजनाको ह्याक भएकाले कोही चिनेकै मान्छेले यस्तो गरेको हो कि भन्ने लाग्छ । हामीले पासवर्ड त कसैलाई सेयर गरेका थिएनौँ तर, कसरी ह्याक हुँदोरहेछ भनेर अचम्म लागिरहेको छ ।

केयरलेस गर्दा मानसिक पीडा भयो

तीन महिनाअगाडि मेरो फेसबुक ह्याक भएको हो । फेसबुक चलिरहेको थियो, तर अर्कैले चलाइरहेका थिए । मैले पासवर्ड हान्दा मिलेन । एक अरेबियनले ह्याक गरेका थिए । मेरो नामको तल उनले आफ्नो नाम राखेका थिए । ती व्यक्तिलाई पत्ता लगाएर मैले अर्काे फेसबुक आइडीमार्फत म्यासेज गरेँ । सुरुमा उनले आफूलाई थाहा नभएको बताए । पछि वास्तै गरेनन् । मैले प्रहरीको साइबर सेलमा उजुरी दिएँ । प्रहरीले सबै विवरण लिएर फेसबुकलाई इमेल गर्यो । त्यो निकै लामो प्रक्रिया थियो । नयाँ पत्रिकाले छापेको छ ।

भरत सिटौला गायक एक हप्ता भइसकेको थियो । तर, पनि केही पत्ता लागेन । एक बहिनीले मेरो फेसबुक ह्याक भएको थाहा पाएकी रहिछिन् । उनको पनि त्यसैगरी ह्याक भएको रहेछ । ह्याकरले पासवर्ड पत्ता लगाउन हिन्ट्स दिएका रहेछन् । सोही आधारमा उनको पासवर्ड रिकभर भएछ । मलाई पनि त्यही हिन्ट्स दिइन् । अचम्म, मेरो पनि पासवर्ड मिल्यो । त्यसपछि प्रहरीलाई खबर गरेँ । मैले २००६ मा याहु आइडी खोलेको थिएँ । त्यही आइडीका आधारमा फेसबुक खोलेको रहेछु । इमेल रिन्यु गर भनेर फेसबुकमा अलर्टहरू आइरहन्थ्यो । तर, मैले त्यो इमेल नै नचलाउने भएकाले त्यसमा खासै चासो दिइनँ । त्यही इमेल रिन्यु नगर्दा त्यसबाटै ह्याक भएको रहेछ । केयरलेस गर्दा साह्रै तनाव भयो । फेसबुकमा कति व्यक्तिगत कुरा हुन्छन् । यो दैनिक जीवनको अंग बनिसकेको छ । त्यसैले ह्याक हुँदा धेरै मानसिक पीडा हुन्छ । पछि फेसबुकको सेटिङमा गएर धेरै कुरा बुझेँ । केयरलेस गर्नु हुँदो रहेनछ ।

तपाईको प्रतिक्रिया