ताजा खबर :- फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा नराम्रो कोलस्टेरोलको मात्रा पनि कम गर्छ । यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउछ । पँहेलो फर्सीमा पाइने क्यारोटिन, एन्टिअक्सिडेन्टले शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ । यसले मुटु रोगीलाई पनि निकै फाइदा गर्छ । – एजेन्सी

तपाईको प्रतिक्रिया