ताजा खबर नेपालगंज :- कार्तिक महिनाको अन्तिम बुधबारको दिन थियो । सानै छदादेखिको मिल्ने साथी भगवतीलाई भेटेर लालपुरबाट घर फर्कदै थिए । भासी चेकपोस्टनीर बसबाट झरेर वडा प्रहरी कार्यालयको बाटो पैदल हिड्दै थिए ।

diya-chand
दिया चन्द 

वडा प्रहरी कार्यालय कटेर जिल्ला अदालतको अगाडी पुगेपछि एउटा अश्लील भासामा गरिएको गालीको शब्द भित्री कानको जालीसम्म पुगेर ठोक्कियो । त्यो आवाज महिलाको थियो । म रनभुल्लमा परे !अलि नजिकै दस, एघार जना महिला त्यतिकै संख्यामा पुरुषहरु केही प्रहरी पनि देखिए । त्यो भिडलाई देखेर म सिओर भए कि यहाँ कुनै दुर्घटना भएको रहेछ । कि त कुनै झै झगडा भएको हुनुपर्छ । करिब बेलुकीको ४ बजेको हुनुपर्छ ।

तन्टलापुर घाम लागेर होला बिस्तारै बिस्तारै बढिरहेको तराईमाको जाडोमा साझको न्यानो घाम ताप्नेहरु पनि त्यहाँ दर्शक बनेर त्यो भिडलाई हेर्दै रमाइरहेका थिए । कोहि हास्दै थिए त कोहि रुदै थिए ।

त्यो भिडलाई छिचोल्दै म पनि त्यहीँ भित्र पुगे । लामो सर्लक्क परेको तर अलि पातलो कपाल, हरियो कुर्ता सुरुवालमा एउटा महिला ठिङ्ग उभिएकी थिइन् । सानो नानीलाई छातिमा टासेर बरबर्ती आशु झार्दै थिइन् उनी ।

सबलाइ गाडीमा हाल उतै लगेर छलफल गरिन्छ यो बाटोमा के को तमासा हो रु पोकेटको हेन्डसेट झिक्दै देब्रे हात अघि बढायो इन्सपेक्टरले । के भएको हो बुझ्न नपाउदै प्रहरीले सबैलाई आफ्नो भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालयतिर हुइकायो ।

त्यहाँस्थित अरु मानिसहरूलाई सोध्दा कुरो बेग्लै सुनियो । मैले सोचे र अनुमान गरेभन्दा ठिक बिपरित कारण थाहा भयो । त्यहाँ न त कुनै दुर्घटना भएको रहेछ न त कुनै झगडा नै । उनी रुदै गरेकी महिलाले आफ्नो श्रीमानलाई छोडेर अर्कैसङ्ग भागेको आरोप लगाउदै घर निकाला गरेको रे । उनले बेइज्जत र बदनामी कमाएको भन्दै श्रीमानले गाउँबाटै लखेटेको रे ।

कोहि भन्दै थिए बिचरीको माइतीघरमा पनि कोहि रहेनछन । घरकाले सार्है दुस्ख दिएछन् । त्यसैले घरबाट निस्किएर हिडिछन । हैन कस्ती नकचरी रैछे, आफ्नो पोइ छोडेर अर्कैसङ्ग सल्केकी रहिछे । यस्तालाई त यस्तै गर्नुपर्छ, अर्कोतिरकाले अपशब्द बोल्दै थिए । म अचम्ममा परे, उनी अपरिचित महिलाका बारेमा बाटोमा हल्ला सुनेकै आधारमा उनिमाथी यस्तो असभ्य व्यबहार कसरी गर्न सक्छन् अरु मानिसहरू रु के उनी यहाँका मानिसहरूले हल्ला गरेजस्तै नराम्ररी होलिन या कुरो फरक होला ?

मनभित्र अनेकौं प्रश्नहरु उब्जिए । उनिसङ्ग नै सबैकुरा जान्न मन पाए हुन्थ्यो, उनैलाई भेटेर फेस टु फेस कुरा गर्न पाए यथार्थ पत्ता लाग्थ्यो । तर उनलाई भेटे पनि के मलाई उनले सबै सत्यतथ्य बताउलिन त रु यस्तै यस्तै प्रश्नहरुको भुमरीमा रुमल्लिदै म आफ्नो गोरेटोतिर लम्किदै थिए ।

दसरथ चन्द चोक कटेर जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै म गल्ली नम्बर १ बाट सिधै सालघारी तर्फ अघि बढे । मनले घर फर्किन मान्दै मानेन तर खुट्टाहरु घरकै बाटो हिडिरहे । अलि पर साइन्स क्याम्पस नजिकै पुगेपछि टक्क रोकिन पुगे म । फर्केर सिधै जिप्रकातिर हानिए ।

अघि भर्खरै जिल्ला अदालत अगाडीबाट एक हुल मान्छेसहित पक्राउ परेकी महिलालाई भेट्न् आएको कुरा गरेपछि त्यहाँको सोधपुछ तथा मुद्दा दर्ता कक्षका एक प्रहरीलेले मलाई उनी भएकै कोठामा पुर्याइदियो ।

उनी सानो नानीलाई काखमा च्यापेर अझै रुदै थिइन्, म पुगेको पनि कसैलाई पत्तो थिएन सायद । अगाडिपट्टिको कुर्सीबाट अघि अदालत अगाडि सबलाई गाडीमा हुल्न अर्डर दिने इन्स्पेक्टर बोल्यो ।

अब आजलाई यति नै, बाकी छलफल भोलि हुन्छ । तिम्रो कोहि मान्छेलाई बोलाएर भोलि उपस्थिति हुने गरि यहाँबाट जान सक्छौ । उनले भनिन् कोहि पनि छैन मसङ्ग ।

त्यसो भए आज यतै कस्टडिमा बस भोलि छलफल भएपछि जे निर्णय हुन्छ तबसम्म यतै बस्नुपर्छ। मलाई के गरुँ, के गरुँ रु भैसकेको थियो । उनिसङ्ग कुरा गर्न मन लागेर घर जानुको साटो जिप्रका पुगेको म । अब यिनलाई यतै राखे मैले कसरी भेट्न पाउछु होला ?

म छु उहाँको बहिनी दिदिलाई कहाँ के गर्नुपर्छ भन्नुस् सर, यतै बस्नु पर्दैन उहाँले । दोधारकै बिच जिब्रो फुत्कियो । सबैले मैतिर हेरे । उनिले पनि टुलुटुलु हेरिरहिन मात्र । त्यसो भए यहाँ हस्ताक्षर गर्नुस, आफ्नो दिदिलाई भोलि भिहान १० बजेभित्र यहाँ लिएर आउनेछु भन्ने सर्तनामा हो यो । उहाँ आउनु भएन भने हामीले तपाईंलाई पक्राउ गर्नुपर्ने होला । इनस्पेक्टर धम्कीको भाषामा बोल्यो ।

हुन्छ म लिएर आउछु भोलि उहाँलाई खोइ दिनुस कहाँ हस्ताक्षर गर्नुपर्यो रु उसले एउटा सर्तनामा पेपरमा मलाई र उनिलाई हस्ताक्षर गर्न लागाएपछि हामी त्यहाँबाट निस्कियौ ।

महेन्द्रनगरमा त्यतिबेला अटो रिक्साले राम्रो मार्केट लिएको थियो । सर्वसुलभ र सस्तो पनि पाइन्थ्यो । आफ्नो परिचय दिएर आज आफ्नै घर जान आग्रह गरेपछि उनले सहर्ष स्वीकार गर्दै आभार प्रकट गरिन । उनको नाम निर्मला देउवा रहेछ ।

जिन्दगीमा पहिलोपटक अटो रिक्सा चढेर उनि र उनीसङ्गै भएको नानिलाई बोकेर म घरतिर लागे । बाटोमा उनी मौन रहिन ।

उनी यसै पीडामा देखेर धेरै बोलिरहन मैले पनि उचित ठानिन, हामी १५ मिनेटमै घर पुग्यौं ।तपाई अहिले ई ताजा खबर डटकममा हुनुहुन्छ । बिरानो मस्न्छे देखेर घरको पहरी रक्की नामक सेतो कुकुर बेस्सरी कराउन थाल्यो । आमाले चुप नकरा आफन्त आएको पनि चिन्दैनस रु भनेर हप्काएपछि मात्र उ चुप हुन्थ्यो । नत्र उसलाई चुप गराउने कसैले नसक्ने ।

रक्की कराएको देखेर आमा बाहिर आउनुभयो । निर्मला आफ्नो साथी अनि उहाँ आमा भनेर परिचय गराएपछि आमाले भित्रै आउन आग्रह गर्दै खाना तयार भएकोले खान आउ है भनेर भान्सातिर लाग्नुभयो ।

आमा हामी आउछौ, तपाईं हिड्नुस मैले भने । हातमुख धोएर हामीले खाना खायौं । नानीलाई पनि दूध खुवाइयो । त्यसपछि उनलाई आफ्नै कोठामा सुत्न ल्याए, मलाई उनकोबारे जान्न निक्कै उत्सुकता जागिसकेको थियो । अब हामीलाई कसैले डिस्टर्ब गर्दैन यहाँ, ढुक्कसँग आफ्नो कुरा भन्नुस, यदि तपाईं अन्यायमा परेको हो भने म सक्दो सहयोग गर्छु मेरो तर्फबाट, मैले कुरा सुरु गरे ।

उनले सुरुवालको खल्तिबाट एउटा चारपाने पत्र निकालिन र मलाई दिइन् । यो पढ्नुभयो भयो भने सबै थाहा हुन्छ, गम्भीर देखिएकी निर्मला अलि उदास हुँदै बोलीन । उनलाई नै हेर्दै मैले त्यो पत्र खोले ।

सुरुमै अलि ठूलो अक्षरमा लेखिएको थियो, सुसाइड नोट !! देखेर मेरो मुटु हच्कियो । त्यो पत्र समातेका हातहरु कापे, उनी रुदै गरेको आफ्नो नानीलाई फकाउने कोसिस गर्दै थिइन् । त्यो टाइटल देखेर मेरो गला अबरुद्ध भयो क्रमशः

तपाईको प्रतिक्रिया