कल्पना शाक्य ब्युटिसियन नारी सौन्दर्यमा आँखाको ठूलो भूमिका हुन्छ । दुनियाँको नजर आफ्नो आँखाको सौन्दर्यमा खिच्न प्रायः युवतीहरू लालायित हुन्छन् । आँखा सबैका उस्तै हुँदैनन् । फरक–फरक आँखाका आकर्षणका लागि मेकअपको तरिका फरक–फरक हुन आवश्यक छ । ब्युटिसियन कल्पना शाक्यले आँखाका लागि ६ सौन्दर्य टिप्स दिएकी छिन् : आँखा ठूला छन् ? आँखाको तल्लो भागमा गाजल नलगाउनुहोस् । ठूला आँखालाई माथिल्लो भागमा मात्रै गाजल लगाएको सुहाउँछ । ठूला आँखालाई तल्लो भागमा पनि लगाउनैपर्ने भए आइलिडमा मात्रै हल्का प्रयोग गर्ने । आँखा साना छन् ? साना आँखा छन् भने तल्लो भागमा गाजल अनिवार्य नै हुन्छ । यस्ता आँखालाई आइलिडमा मात्रै हल्का गाजल लगाएर पुग्दैन । आइलिडभन्दा तलबाट गाजल लगाउनुपर्छ । गोलाइ छोटो छ ? आँखाको गोलाइ छोटो भएमा मेकअप गरेर केही ठूलो देखाउनुपर्ने हुन्छ । यसका लागि आँखाको लाइनभन्दा बाहिरसम्म आइलाइन या आइपेन्सिल कोर्नुपर्छ । आँखा लाम्चा छन् ? लाम्चा आँखा छन् भने आँखाको लाइनभन्दा भित्रसम्म आइलाइनर-आइपेन्सिल कोर्नुपर्छ । आइलाइनर-आइपेन्सिल लगाउँदा आँखाको बीच भागबाट सुरु गर्नुपर्छ र छेउ–छेउसम्म तान्नुपर्छ । आइब्याग छ ? आँखाको तल सुन्निएको-झोलिएकोजस्तो (आइब्याग) छ भने यो भागमा डार्क कलरको बेस तयार गर्नुपर्छ । डार्क बेसले आइब्यागको नराम्रोपनलाई छोपिदिने काम गर्छ । नयाँ पत्रिकाले छापेको छ ।

डार्क सर्कल छ ? आँखावरिपरि डार्क सर्कल भएमा लाइट कलरको बेस तयार गर्नुपर्छ । लाइट कलरले डार्क सर्कल छोपेर फेसको अन्य स्किनसँग मिल्ने टोन ल्याउँछ ।

तपाईको प्रतिक्रिया