ताजा खबर :- जब तपाई कुनै राम्रो भाषण सुनिरहेको हुनुहुन्छ वा कुनै राम्रो शायरी वा कविको कविता सुनिरहेको हुनुहुन्छ तब तपाई उनीहरूको हौसला बढाउनका निमित्त ताली बजाउनु हुन्छ । यसको साथै जब तपाई कुनै मन्दिरको आरतीमा सम्मिलित हुनुहुन्छ तब पनि तपाई ताली बजाउनुहुन्छ । ताली बजाउनु एक मात्र होइन, अनेकौँ फाईदा छन् । विशेषज्ञहरूको भनाई छ कि हाम्रो शरीरमा लगभग ३४० प्रेशर पोइन्ट्स हुन्छ । यस मध्य लगभग २९ हाम्रो हातमा हुन्छ । यी प्रेशर पोइन्ट्स शरीरको अलग-अलग अंगसँग जोडिएको हुन्छ । जब हामी ताली बजाउँछौँ तब यसले शरीरको ती अंगको दुखाईबाट आराम दिन्छ । यसको साथै ताली बजाउनाले हाम्रो शरीरमा विभिन्न किसिमको लाभ मिल्छ ।

ताली बजाउँदा हाम्रो हातमा रहेको सबै बिन्दुमा दबाव पर्छ, जसले सबै शारीरिक अंगमा ऊर्जा प्रवाह हुन्छ र फ्रेश महसूस हुन्छ । यसको साथै ताली बजाउँदा शरीरको रक्तसंचार दुरुस्त रहन्छ ।विशेषज्ञको अनुसार, हाम्रो बायाँ हातको हत्केलामा फोक्सो, कलेजो, गाल ब्लैडर, सानो र ठूलो आन्द्रा तथा दायाँ हातको हत्केलामा साइनसको प्रेशर पोइन्ट्स हुन्छ । जब हामी ताली बजाउँछौँ तब यी सबै अंगमा रक्तसंचारमा सुधार आउँछ । ताली बजाउँदा रक्तचापको रोगमा पनि निकै लाभ मिल्छ ।

ताली बजाउँदा बच्चाको कार्यक्षमता पनि सकारात्मक असर पर्छ । उनीहरूको दिमाग निकै तेजिलो हुन्छ । दिनहुँ यदि आधा घण्टासम्म ताली बजाउने हो भने मधुमेह, हाइ ब्लड प्रेशर, टाउको दुख्ने, रुघाखोकी र कपाल झर्ने समस्याबाट आराम मिल्छ । यसको साथै जो मानिसहरू दिनभरि अफिसमा काम गर्छन्, तथा पसिना कम बग्छ भने उनीहरूको लागि ताली बजाउनु निकै फाइदाजनक हुन्छ । यस्तो यसकारण हुन्छ किनकि ताली बजाउँदा रक्तसंचार दुरुस्त रहन्छ, जसबाट रगत शुद्ध रहिरहन्छ । ताली बजाउँदा हाम्रो कपाललाई पनि निकै फाइदा मिल्छ । यसले कपाल झर्ने समस्या कम गर्नुको साथै लामो, बाक्लो र कालो पनि हुन्छ ।

तपाईको प्रतिक्रिया