ताजा खबर :- मुलाको प्रयोग बढी जस्तो सलादको रूपमा गरिन्छ । यसको साथै यो अचार तथा पराठा बनाउनका लागि पनि प्रयोगमा ल्याइन्छ । आयुर्वेदमा यसको विभिन्न स्वास्थ्य सम्बन्धि गुणहरूको बारेमा भनिएको छ । मूलामा फाइटोकेमिकल्स र एन्थोक्यानिन्स नामक तत्व पाईन्छ, जसले क्यान्सरको खतरा कम गर्छ । यसको साथै मूला खानुको अन्य फाइदाहरू पनि रहेको छ । आज हामी चर्चा गर्दैछौँ कि मूलाको सेवनले कुन-कुन रोगहरूबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

ब्लड प्रेशर सन्तुलित राख्न

मूलामा पोटाशियमको प्रशस्त मात्रामा पाईन्छ । यसले ब्लड प्रेशरलाई नियन्त्रण गर्न हामीलाई मद्दत गर्छ । यसमा एन्टी-हाइपरटेन्सिभ तत्व पाईन्छ, जसले हाइ ब्लड प्रेशर नियन्त्रण गर्न मद्दत गर्छ ।

मधुमेह रोगीहरूको लागि

मूलामा फाइबरको प्रशस्त मात्रामा पाईन्छ । यसको नियमित सेवनले इन्सुलिनलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसकारण शरीरमा शुगरको स्तर नियन्त्रित राख्छ । मधुमेह रोगीहरूका लागि निकै फाइदाजनक हुन्छ ।

आँखाको लागि लाभदायक

मूलामा भिटामिन ए, बी र सी पनि प्रयाप्त मात्रामा हुन्छ । यसले आँखाको रोशनी बढाउनमा सहायक हुन्छ । यदि तपाई दिनहुँ मूलाको सेवन गर्नुहुन्छ भने तपाईको आँखाको रोशनी चाँडो कम हुने समस्या हुँदैन ।

कब्जियतको लागि

मूलामा अधिक मात्रामा पाईने फाइबर, यसलाई कब्जियत रोगीहरूका लागि अचूक औषधी मानिन्छ । यसलाई खानाले आन्द्रा पनि स्वस्थ रहन्छ तथा पाचन तन्त्र दुरुस्त हुन्छ ।

रुघाखोकीको लागि

मूलामा एन्टी-कन्जेस्टिभ गुणहरू पनि समावेश हुन्छ । यो कफ नष्ट गर्न मद्दतगार हुन्छ । जो मानिसलाई प्रायजसो रुघाखोकीको समस्या रहन्छ, ती मानिसले नियमित रूपमा मूलाको सेवन गर्नुपर्दछ । तिनीहरूको लागि निकै फाइदाजनक हुन्छ

किड्नीलाई स्वस्थ राख्छ

मूलाको प्राकृतिक क्लीनजर भनिन्छ । यस्तो यसकारण हुन्छ किनकि यसमा डाईयूरेटिक गुण पाईन्छ, जसले शरीरबाट विषाक्त तत्वहरू बाहिर निकाल्न मद्दतगार हुन्छ । यो किड्नीको स्वास्थ्यको लागि निकै उपयोगी खाद्य हो ।

तपाईको प्रतिक्रिया