ताजा खबर :- कयौँ कोशिश गर्दा पनि वजन बढिरहेको छ भने तपाईको अस्वस्थकर आहार वा कयौँ स्वास्थ्य समस्या यसको लागि जिम्मेवार हुनसक्छ । वास्तवमा वजन बढ्न नसक्नुको कुन-कुन कारण जिम्मेवार हुनसक्छ । केही सहज उपाय जसले वजन बढाउन तपाईलाई मद्दत गर्न सक्छ ।

वजन बढ्न नसक्नुको ७ कारण

१-पेटको समस्या

इरिटेबल बाउल सिन्ड्रोम जस्ता पेटको समस्या हुँदा शरीरमा न्यूट्रीएन्ट्स सन्तुलित रूपले प्राप्त हुँदैन । यस अवस्थामा वजन कम रहन्छ ।

२-न्यूट्रीशनको कमी

आहारमा भिटामिन, आयरन, मिनरल्स र फ्याट्स जस्ता न्यूट्रीएन्ट्सको कमी वजन नबढ्नुको कारण हुनसक्छ ।

३-मेटाबोलिज्म

भरिपूर्ण खाना खाँदा पनि वजन बढिरहेको छैन भने यसको कारणले तपाईलाई फास्ट मेताबोलिज्म हुनसक्छव यसो हुँदा जति खानुहुन्छ, सबै पच्छ ।

४-गलत एक्सरसाइज

बढी कार्डियो एक्सरसाइज गर्नाले शरीरको क्यालोरी तीव्र रूपमा नष्ट हुन्छ । यस अवस्थामा वजन बढ्न सक्दैन । एक्सपर्टका सल्लाह अनुसार मात्र एक्सरसाइज योजना गर्नुहोस् ।

५-कम निन्द्रा

सुत्ने समय कार्टिसोल हर्मोन बन्छ, जसले मसल्स बनाउन मद्दत गर्छ । एक्सरसाइज गर्नुको साथै प्रयाप्त निन्द्रा लिनु हुँदैन भने वजन बढ्दैन् ।

६-स्ट्रेस

स्ट्रेसको कारण भोक कम लाग्छ, रुटिन गडबड हुनु र शरीरको हार्मोन्सको सन्तुलन खराब हुनु, यसबाट वजन नबढ्ने समस्या हुनसक्छ ।

७-कम खानु

सम्पूर्ण खाना आवश्यकता अलग-अलग हुन्छ । शरीरको आवश्यकताको हिसाबले पर्याप्त खानाको सेवन नगर्दा वजन कम रहन्छ ।

वजन बढाउने सहज उपाय

स्वस्थ खाना

आहारमा सम्पूर्ण सागसब्जी एवम् फलफूल समावेश गर्नुपर्दछ। भरिपूर्ण स्वस्थ आहार, फ्याट्स र प्रोटीन लिनुहुन्छ भने वजन चाँडो बढ्छ ।

क्यालोरी बढाउनुहोस्

दिनभरिमा थोरै-थोरै मात्रामा ४-५ पटक स्वस्थ आहार खानुहोस्, जति क्यालोरी दिनभरिमा खर्च हुन्छ, यसको बढी मात्रा क्यालोरी खानामा लिनुहोस् । वजन बढ्न थाल्छ ।

मसल्स बनाउनुहोस्

वजन उठाउने एक्सरसाइज गर्नाले मसल्स बनाउन मद्दत मिल्छ । एक्सपर्टको मद्दतले एक्सरसाइजको योजना बनाउनुहोस् ।

दूध र मह

राती सुत्नुअघि एक गिलास दूधमा २ चम्मच मह मिलाएर पिउनुहोस् । यसबाट डाइजेशनमा सुधार आउँछ र वजन बढ्छ ।

मख्खन

दिनहुँ आधा चम्मच मख्खन चिनीको साथमा खानुहोस् । यसमा प्रशस्त सेचुरेटेड फ्याट्स, क्यालोरी मिल्छ र वजन बढ्छ ।

दही र चिनी

खानाको साथमा एक कटौरामा क्रिम दूधले बनेको दहीमा चिनी मिलाएर खानुहोस् । यसबाट प्रयाप्त क्यालोरी मिल्छ र वजन बढ्छ ।

पीनट बटर

नास्तामा ब्रेडको साथमा पिनट बटर खानुहोस् । यसबाट शरीरलाई भरिपूर्ण एनर्जी मिल्छ र वजन बढ्छ ।

आलू खानुहोस्

आलूमा प्रयाप्त कार्बोहाइड्रेट र कम्प्लेक्स शुगर हुन्छ । नियमित आहारमा यसको सेवन गर्नुहुन्छ भने वजन बढ्छ ।

तपाईको प्रतिक्रिया