ताजा खबर :- जाडो मौसममा रुघाखोकी, घाँटी चलाइने जस्ता समस्या हुनु सामान्य कुरा हो । हुनत: यी दिनहरूमा हुने यी साना स्वास्थ्य समस्याको लागि हेभी मेडिसिन सेवनले नोक्सान हुनसक्छ । यी स्वास्थ्य समस्याका लागि घरेलू उपचारको रूपमा केही आहारको प्रयोग गर्न सकिन्छ । यी आहारमा एन्टी ब्याक्टेरियल र एन्टी बायोटिकको रूपमा काम गर्छन् र शरीरको इम्युनिटी बढाएर रुघाखोकी, घाँटी चिलाउने जस्ता सामान्य स्वास्थ्य समस्याबाट आराम मिल्छ ।

१- तुलसी

एक क मनतातो पानीमा ५-६ तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो गरी दिनमा २-३ पटक पिउनुहोस् ।

२-मेथिदाना

मेथिदानालाई पानीमा उमालेर दिनमा २ पटक पिउनुहोस् । यसबाट फाइदा मिल्छ ।

३-कालो मरिच

एक चम्मच महमा थोरिया कालो मरिच पाउडर मिलाएर चाट्नुहोस् । यस्तो दिनमा दुई पटक गर्नाले रुघाखोकीको समस्याबाट आराम मिल्छ ।

४-अदुवा

एक चम्मच अदुवाको पाउडरलाई एक कप पानीमा उमालेर पिउनुहोस् । यसले इन्फेक्शन र भाइरसबाट बचाउँछ ।

५-बेसार

बिहान-साँझ बेसार पाउडर दूधमा मिलाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट आराम दिन्छ ।

६-गुड

एक-एक टुक्रा गुड र अदुवालाई पिस्नुहोस् । यसमा एक चम्मच तुलसीको रस मिलाएर मनतातो हुने गरी उमाल्नुहोस् । यसलाई दिनमा २-३ पटक खानुहोस् । यसले आराम दिलाउँछ ।

७-कागती पानी र किशमिश

एक मुठ्ठी किशमिश पानीमा उमाल्नुहोस् । यसमा आधा चम्मच कागती पानी मिलाएर दिनमा २ पटक पिउनुहोस् ।

८-किशमिश र अदुवा

आधा मुठ्ठी किशमिशलाई आधा चम्मच अदुवा पाउडरमा उमाल्ने र यो मनतातो भैसकेपछि सेवन गर्नुहोस्, जसले आराम दिन्छ ।

९-मह, अदुवा, कागती पानी

एक चम्मच मह र आधा चम्मच अदुवा पाउडरलाई एक कप मनतातो कागती पानीमा मिलाएर पिउनुहोस् । यसले कफको समस्याबाट आराम दिन्छ ।

१०-अंगुर

आधा कप अंगुरको जूसमा आधा चम्मच पानी मिलाएर बिहान-साँझ पिउनुहोस् । आराम मिल्नेछ ।

तपाईको प्रतिक्रिया