ताजा खबर :- कुनै अचानक हुने स्वास्थ्य समस्या वा एमरजेन्सीको लागि हरेक घरमा केही औषधी राख्नु निकै आवश्यक हुन्छ । यस्ता सामान्य औषधी घरमा सधैँ राख्नुपर्दछ । यिनलाई ओभर द काउन्टर(OTC) मडिसिन भनिन्छ र जसलाई चिकित्सकको प्रिस्क्राइब बिना नै सिधा केमिस्टबाट किन्न सकिन्छ । यी औषधी दुखाई, ज्वरो, एलर्जी जस्ता कुनै पनि अवस्थामा वा रातीको समयमा निकै काम आउँछ, जब चिकित्सक कहाँ जान सक्ने अवस्था हुँदैन । चिकित्सकका अनुसार, यी १० अति आवश्यक औषधी जुन हरेक घरमा राख्न आवश्यक हुन्छ ।

१-प्यारासिटामोल

यसको प्रयोग ज्वरोको लागि हुन्छ । एडल्ट्सको ५०० एमजी र १२ वर्ष उमेरको सानो बच्चाका लागि २५० एमजी बढी सेवन गर्नुहुँदैन ।

२-आइबूप्रोफेन

यो पेनकिलर हो । आइबूप्रोफेनको साथै डाइक्लोफिनेक र प्यारासिटामोलको कम्बिनेशन पनि राख्न सकिन्छ । यसलाई खाली पेट सेवन गर्नुहुँदैन ।

३-सिट्रीजिन, लोराटेडिन

यो एन्टी एलर्जिक औषधी हुन्छ । रुघाखोकी, एलर्जी, चिलाउने, किरा नष्ट गर्नका लागि सेवन गर्नुपर्दछ । यसको सेवनले निन्द्रा आउँछ, सुत्ने समयमा मात्र सेवन गर्नुहोस् ।

४-एन्टीसेप्टिक

यी औषधीको प्रयोग सामान्य जल्ने वा काटिने र चोटको लागि प्रयोग गरिन्छ । यो क्रिम लोशन वा पाउडरको रूपमा हुनसक्छ ।

५-एन्टासिड टेबलेट

हर्ट बर्न, इन्डाइजेशनको समस्यामा प्रयोग हुन्छ । बिहान खाली पेट सेवन गर्नुपर्दछ । तुरुन्त आरामको लागि लिक्विड वा जेल पनि राख्न सकिन्छ ।

६-कफ सिरप

सुख्खा र कफको खोकीको लागि अलग-अलग कफ सिरप आउँछ । एमरजेन्सीको लागि दुवै राख्न सकिन्छ ।

७-ब्यान्डेज

चप्काउने मेडिकेटेड ब्यान्डेज र कटन ब्यान्डेजको साथ मेडिकेटेड वा स्टरलाइज कटन सधैँ घरमा राख्नुपर्दछ ।

८-हाइड्रोजन पेरोअक्साइड

यो कयौँ कामका लागि प्रयोगमा आउँछ । घाउ सफा गर्न, दाँत चम्काउन, कानबाट फोहोर निकाल्न, पानीमा हालेर नुहाउने जस्ता अन्य काममा पनि प्रयोगमा आउँछ ।

९-नेजल स्लाइन ड्रोप

साना बच्चाको नाक जाम हुँदा यो ड्रोप निकै उपयोगी हुन्छ । यसलाई एक दुई थोपा नाकमा हल्नाले नाक खुल्छ ।

१०-ओआरएस

ओरल रिहाइड्रेशन साल्टको प्रयोग डायरिया हुँदा प्रयोग गरिन्छ । पानीमा घोलेर पिलाउदा एनर्जी मिल्छ ।

नोट:-

१-यी साधारण औषधी हुन्, तर तपाईले चिकित्सकको सल्लाह लिई आफ्नो रोगको हिसाबले अवश्य औषधी घरमा राख्नुहोस् ।

२-औषधीको एक्सपायरी डेट र यसलाई सेवन गर्ने तरिकाको बारेमा चिकित्सक वा केमिस्टसँग सोधेर मात्र प्रयोग गर्नुहोस् ।

३-यहाँ औषधीको मूल केमिकलको बारेमा जानकारी दिइएको छ । यसको ब्राण्ड नाम अलग-अलग हुनसक्छ । केमिस्टसँग यी बारे सोध्नुहोस् ।

तपाईको प्रतिक्रिया