ताजा खबर :- कुनै पनि रोगमा औषधी खाने समय निकै महत्वपूर्ण हुन्छ । चिकित्सकसँग औषधी खाने समय अवश्य सोध्नुहोस् । चिकित्सकका अनुसार, केही विशेष औषधी यस्ता हुन्छन्, जसलाई राती सुत्नु अघि सेवन गर्दा बढी फाइदाजनक रहन्छ । कयौँ यस्ता मेडिसिन्स छ, जसलाई दिनमा एकपटक मात्र सेवन गर्नुपर्ने हुन्छ भने यसको बारेमा पनि चिकित्सकको अवश्य सल्लाह राख्नुहोस् कि यसलाई राती सुत्नु अघि सेवन गर्न मिल्छ वा मिल्दैन ।

१-हाई BP औषधी

रातीमा रक्तचाप बढ्छ । सुत्नुअघि BP को औषधी सेवन गर्दा अर्ली मोर्निंग हर्ट अट्याकबाट बँच्न सकिन्छ । (स्पेन यूनिभर्सिटीको रिसर्च)

२-कोलेस्ट्रोलको औषधी(स्टेटिन्स)

कोलेस्ट्रोल कम गर्नको लागि सेवन गरिने औषधी रातीमा अझ राम्रो असर गर्छ । यिनलाई राती सुत्नुअघि सेवन गर्नुपर्दछ ।(ब्रिटिश हर्ट फाउन्डेशन)

३-एलर्जीको औषधी(एन्टी हिस्टामाइन्स)

एलर्जीको औषधी सेवनले निन्द्रा आउँछ । दिनमा सेवन गर्नाले काममा कठिनाई हुनसक्छ ।

४-हर्ट बर्नको औषधी(एन्टासिड)

राती हुने छाती दुखाई, एसिडिटीबाट बँच्नको लागि यो औषधी राती सुत्नु अघि सेवन गरी सुत्नु पर्दछ ।

५-निन्द्राको औषधी(स्लिपिङ्ग पिल्स)

यी औषधीमा पाईने एन्ग्रीडिएन्ट्सको कारण तिव्र निन्द्रा आउँछ । यसलाई सुत्ने समयमा मात्र सेवन गर्नुपर्दछ ।

६-डिप्रेशनको औषधी(एन्टी डिप्रेजेन्ट)

डिप्रेशन र स्ट्रेसको कयौँ औषधी सेवन गर्दा लिन्द्रा लाग्छ । यसकारण यिनलाई सुत्नुअघि सेवन गर्नुपर्दछ ।(नेशनल इन्स्टीट्यूट अफ हेल्थ, यूएसए)

७- हे फिभरको औषधी

यस रोगको लक्षण जस्तै हाँछ्यु आउनु, नाकबाट पानी बग्ने समस्या बिहान बढी हुन्छ । रातीमा औषधी सेवन गर्दा फाइदा हुन्छ ।(यूनिभर्सिटी अफ कोलेराडोको रिसर्च)

८-रूमेटाइड आर्थराइटिसको औषधी

यसको दुखाई हुनु भन्दा ६ घण्टा पहिले सेवन गर्नु राम्रो मानिन्छ । यदि बिहान उठ्ने बित्तिकै दुखाई महसूस हुन्छ भने यो औषधी रातीमा सेवन गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया