ताजा खबर :- ह्यूमन रिप्रोड्क्शनमा प्रकाशित एक हालै गरिएको अनुसन्धानका अनुसार, पुरुषको केही बानीका कारण उनीहरूमा स्पर्म काउन्ट कम हुने समस्या उत्पन्न हुँदैछ । यसमा पनि गम्भीर कुरा यो छ कि 80 प्रतिशत भन्दा अधिक पुरुषलाई थाहा नै छैन कि यस्तो बानीको असर उनीहरूको प्रजनन क्षमता पर्दैछ ।

के हो स्पर्म काउन्ट कम हुनुको वैज्ञानिक कारण?

चिकित्सकका अनुसार, शरीरको तापक्रमको तुलनामा स्क्रूटम( अण्डकोषको थैली) को तापक्रम लगभग एक डिग्री कम रहन्छ । स्क्रूटमको तापक्रम बढ्दा स्पर्म काउन्ट कम हुनसक्छ । वर्तमान जीवनशैलीमा हामीले यस्ता थुप्रै बानीलाई दैनिकी बनाएका छौँ, जसले स्क्रूटमको तापक्रम बढाउँछ । यसको साथै तनावको पनि नकारात्मक असर स्पर्म काउन्टमा पर्छ । यहाँ यस्ता ७ बानीको चर्चा गरिएको छ, जसको कारणले स्पर्म काउन्ट कम हुन्छ ।

१-सोया प्रोडक्ट्स

हार्वड स्कूल अफ पब्लिक हेल्थको रिसर्चका अनुसार आहारमा बढी सोया प्रोडक्ट्स सेवन गर्दा यसमा पाईने आइसोफ्लोभोन स्पर्मको संख्या कम गर्छ ।

२-ल्यापटप तिघ्रामा राखेर काम गर्नु

यदि नियमित ल्यापटप तिघ्रामा राखेर काम गर्नुहुन्छ भने यसको हीट स्क्रूटम(अण्डकोषको थैली) सम्म पुग्छ । लामो समय सम्म यसो गर्नाले स्पर्म काउन्ट घट्छ ।

३-अनिन्द्रा

नियमित कम्तीमा ७ घण्टाको निन्द्रा लिनुहोस्, जसले शरीरमा स्ट्रेस बढाउने हार्मोन्सको स्तर बढाउँछ । यसले शरीरको रक्तसंचार खराब हुन्छ, जसको कारण स्पर्म काउन्ट कम हुनथाल्छ ।

४-टाइट कपडा लगाउनु

दैनिक टाइट कपडा लगाउँदा स्क्रूटम(अण्डकोषको थैली)को तापक्रम बढ्न थाल्छ । यसको कारण स्पर्म काउन्ट घट्न थाल्छ ।

५-नियमित रक्सी र चुरोट सेवन गर्नु

रक्सी, चुरोट वा अन्य कुनै पनि किसिमको नशा गर्नाले शरीरमा स्ट्रेस हार्मोनको स्तर बढ्छ । यसले स्पर्म काउन्ट कम हुनथाल्छ ।

६-अत्यधिक कफीको सेवन

अत्यधिक मात्रामा कफीको सेवनले यसमा पाईने कैफिन स्ट्रेस हार्मोन बढाउँछ । यसले स्पर्म काउन्ट घट्न सक्छ ।

७-स्ट्रेसमा रहनु

लगातार स्ट्रेसमा रहँदा शरीरमा हार्मोनल असन्तुलन हुन्छ  र साथै शरीरको रक्तसंचार पनि खराब हुन्छ । यसले स्पर्म काउन्ट कम हुन्छ ।

तपाईको प्रतिक्रिया