ताजा खबर :- कपाल सम्बन्धि समस्याहरू अत्यधिक मानिसलाई हुन्छ र यसको समस्याको कारण पनि अलग-अलग हुन्छ । यसमध्य एक ठूलो कारण हाम्रो आहार हो । यदि तपाई आफ्नो आहारमा केही आवश्यक चीजलाई समावेश गर्नु हुँदैन भने कपाल झर्ने, चाया, दुइमुखे जस्ता कपालको समस्या हुनथाल्छ । चिकित्सकका अनुसार, आज हामी यी ३ चीजको बारेमा चर्चा गर्दैछौँ, जसको कमीले कपाललाई नोक्सान पुग्न सक्छ र साथै यसको सोर्सको बारेमा पनि चर्चा गर्दैछौँ ।

१-प्रोटीनको कमी

प्रोटीनको कमीले कपाल झर्ने र खस्रो हुने समस्या हुन्छ । प्रोटीन सबै सेल्स बनाउनको लागि जिम्मेवार हुन्छ । दिनभरमा वयस्क पुरुषलाई ५६ ग्राम र महिलालाई ४६ ग्राम प्रोटीन आवश्यक हुन्छ ।

-१०० ग्राम राजमाबाट २३ ग्राम प्रोटीन प्राप्त हुन्छ ।

-१०० ग्राम सोयाबीनबाट ३९ ग्राम प्रोटीन प्राप्त हुन्छ ।

-१०० ग्राम चीजबाट २५ ग्राम प्रोटीन हुन्छ

२-म्याग्नेशियमको कमी

यसको कमीले कपालको जरा कमजोर हुन्छ । कपाल तीव्र रूपमा झर्ने र पातलो हुनथाल्छ । दिनभरमा वयस्क मानिसलाई ३१० मिग्रा. म्याग्नेशियम आवश्यक हुन्छ ।

-१०० ग्राम पालकबाट ७९ मिग्रा. म्याग्नेशियम प्राप्त हुन्छ

-१०० ग्राम बीन्सबाट ८६ मिग्रा. म्याग्नेशियम प्राप्त हुन्छ ।

-१०० ग्राम केराबाट २७ मिग्रा. म्याग्नेशियम प्राप्त हुन्छ ।

३-आइरनको कमी

शरीरमा आइरनको कमीले कपालको जरामा नकारात्मक असर पर्छ । यस्तो अवस्थामा कपाल झर्ने समस्या बढ्छ । दिनभरमा वयस्क मानिसलाई १० मिग्रा. आइरन आवश्यक हुन्छ ।

-१०० ग्राम नट्सबाट ६.१ मिग्रा आइरन प्राप्त हुन्छ ।

-१०० ग्राममा हरियोबाट सागपातमा २.७ मिग्रा आइरन प्राप्त हुन्छ ।

-१०० ग्राम टोफू(सोया पनीर) बाट ५.४ मिग्रा. आरइन प्राप्त हुन्छ।

तपाईको प्रतिक्रिया