ताजा खबर :- कतिपय मानिसको दाँतले नंग चपाउने बानी हुन्छ । लामो समय सम्म यही बानी रहने हो भने विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुनथाल्छ । चिकित्सकका अनुसार, दाँतले नंग टोक्ने बानीले यस्ता ६ नोक्सान उत्पन्न गर्न सक्छ ।

१-ब्याक्टेरियल इन्फेक्शन

नंगलाई सफा नराख्दा यसमा साल्मोनेला र ई कोलाई जस्ता ब्याक्टेरिया जम्मा हुन्छ । नंग चपाउँदा यी शरीरमा जान सक्छ,  जसबाट ब्याक्टेरियल इन्फेक्शनको खतरा बढ्न सक्छ ।

२-स्किन इन्फेक्शन

नंग चपाउने बानीले पेरोनिशिया नामक स्किन इन्फेक्शन हुनसक्छ । यसमा नंगको वरिपरीको स्किन भित्र ब्याक्टेरिया जान्छ, जसबाट औँलामा रेड्नेस र स्वेलिंग हुने गर्छ ।

३-दाँतको समस्या

नंग टोक्ने बानीले यसको फोहोर दाँतमा जम्मा हुनथाल्छ । यसको कारण दाँत कमजोर हुनथाल्छ र यसको नेचुरल आकार बिग्रिन थाल्छ ।

४-पेटमा इन्फेक्शन

दिनहुँ नंग टोक्ने गर्दा नंगको ब्याक्टेरिया पेट सम्म पुग्छ । यसबाट पेटको इन्फेक्शनको खतरा बढ्छ ।

५-बाङ्गो नंगको समस्या

नंग टोक्ने बानीले नंगको तल रहेको मैट्रीक्स नामक तह नोक्सान हुन्छ । यसको कारण नग बाङ्गो हुनथाल्छ ।

तपाईको प्रतिक्रिया