ताजा खबर :- गर्मी मौसममा पसिना आउने समस्याबाट कयौँ पटक कपालमा दुर्गन्धको समस्या उत्पन्न हुन्छ । तर गर्मीमा कपालमा केही विशेष चीजले धुँदा कपालबाट दुर्गन्ध आउने समस्या कम हुन्छ । गर्मीमा कपालको समस्याबाट छुटकाराको दिलाउनका लागि कयौँ उपाय छन् । यी उपाय अपनाएर आफ्नो कपालबाट आउने दुर्गन्धको समस्यालाई हटाउन सकिन्छ ।

-कपालमा दुर्गन्धको समस्यालाई हटाउनको लागि कयौँ उपाय उपलब्ध छन्, जसमा एक कागती हो । ओयल गलैंड्सको सक्रियताबाट कपला ओयली हुन्छ । जसको कारण कपाल चाँडो फोहोर हुन्छ । कपाल फोहोर हुँदा यसमा ब्याक्टेरिया फैलिन थाल्छ । जसको कारण दुर्गन्धको कारण बन्छ । यदि तपाई नुहाउँदा कागतीको प्रयोग गर्नुहुन्छ भने यो समस्या हट्छ ।

-कपालमा शैम्पू लगाईसकेपछि यसलाई सिरका-पानीबाट पखाल्नुहोस् । गर्मी मौसममा कपालमा सेतो सिरका लगाउन सकिन्छ । केहि समय पश्चात् पानीले धुनुहोस् । यसबाट कपालबाट दुर्गन्धको समस्या हट्छ ।

-चिसो पानी लिनुहोस् र यसमा बेकिंग सोडा मिलाएर एक हल्का गाढा पेस्ट बनाउनुहोस् । यस पेस्टलाई कपालको जरामा लगाउनुहहोस् । ५-१० मिनेट लगाएर राख्नुहोस् र यसपछि धुनुहोस् । यसको साथै तपाई कपालमा टमाटरको जूस वा यसको प्यूरी पनि लगाउन सक्नुहुन्छ । यसलाई हरेक हप्ता प्रयोग गर्नुहोस् । यसबाट तपाईको कपालको कयौँ समस्या हट्छ ।

-स्याउको छिल्का र बचेको टुक्राको प्रयोग पनि गर्न सक्नुहुन्छ । स्याउलाई पिसेर यसलाई दहीमा मिलाउनुहोस् । पाँच देखि दस मिनेट पश्चात् धुनुहोस् । हुनत: यो प्रयोग थोरै महँगो हुन्छ । गर्मीमा हरेक हप्ता कपालमा एक पटक दही वा छाछमा मुल्तानी माटो लगाउनुहोस् । ध्यान राख्नुहोस् कि कपालमा दस मिनेट मात्र राख्नुहोस् र पानीले धुनुहोस् ।

-बेसन र दहीको मिश्रणले पनि कपाललाई सफा गर्छ । यो एक घरेलू उपचार हो, जुन कपाललाई सफा गर्छ । एक कप दहीमा दुई चम्मच बेसन मिलाएर कपालमा लगाउनुहोस् र दस मिनेट पश्चात कपाललाई धुनुहोस् ।

तपाईको प्रतिक्रिया