ताजा खबर :- तपाईको अनुहारको चमकमा ओठले मुख्य भूमिका निभाउँछ र अनुहारको सुन्दरता पनि बढाउँछ । तरपनि कतिपय समय ओठ फुट्ने समस्याले यस सुन्दरतामा दाग लाग्ने गर्दछ र यसबाट तपाईलाई समस्या पनि उत्पन्न हुन्छ । आज हामी ओठ फुट्ने समस्याबाट आराम दिलाउने केही यस्ता उपायको बारेमा चर्चा गर्दैछौँ, जसको प्रयोगले सजिलै यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

चीनी- यदि तपाई ओठ फुट्ने समस्याले चिन्तित हुनुहुन्छ भने चीनी तपाईको लागि राम्रो विकल्प हुनसक्छ । चीनी प्राकृतिक सफ्टनरको काम गर्छ र फुटेको ओठबाट खराब कोशिकाहरूलाई हटाउने काम गर्नुको साथै ओठमा नरमपन ल्याउने काम गर्छ । यसको लागि एक चम्मच महमा चीनी मिलाउनुहोस् र यसलाई ओठमा पेस्ट बनाएर लगाउनुहोस् । यसो गर्नाले तपाईलाई चाँडो आराम मिल्छ ।

मह- मह एक मोइश्चराइजरको काम गर्छ र यसबाट फुटेको ओठ चाँडो निको हुन्छ । महमा एन्टी-ब्याक्टेरिया तत्व हुन्छ, जसले ओठलाई ठिक राख्न मद्दत गर्छ । यसको लागि ओठमा सिधा मह लगाउनुहोस् र तपाईलाई केही दिनमै आराम महसूस हुन्छ । तपाई ग्लीसरिनको साथमा पनि लगाउन सकिन्छ ।

नरिवलको तेल- नरिवलको तेल पनि सुख्खा ओठको लागि निकै उपयोगी उपचार हुन्छ । तपाई नरिवलको तेललाई ओठमा कुनै पनि समयमा लगाउन सक्नुहुन्छ । यसलाई सिधा ओठमा लगाउन सकिन्छ ।

काक्रा पनि लाभदायक हुन्छ- काक्रा स्वास्थ्यको साथ-साथै फुटेको ओठलाई ठिक गर्नका लागि पनि फाइदाजनक मानिन्छ । यसको रस आफ्नो ओठमा लगाउनुहोस् ।

एलोभेरा जेल- एलोभेरा स्वास्थ्यका लागि विभिन्न किसिमले फाइदाजनक हुन्छ । यसबाट छाला एवम् पेट ठिक रहन्छ । फुटेको ओठलाई पनि यसको प्रयोगले निको पार्न सकिन्छ । तपाई सिधा ओठमा एलोभेरा जेल लगाउन सक्नुहुन्छ, जसले ओठ ठिक रहन्छ र ओठ दुख्ने समस्या पनि हुँदैन ।

तपाईको प्रतिक्रिया