ताजा खबर:- नुहाउनु तपाईको दिनचर्याको सबैभन्दा महत्वपूर्ण भाग हुने गर्छ । नुहाउनु कफी र चिया जस्तै हो, जसबाट तपाई आफ्नो दिनको शुरुवात गर्नुहुन्छ । तरपनि विभिन्न अनुसन्धानकर्ताका अनुसार, हरेक दिन नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ र यो तपाईको स्वास्थ्यको लागि राम्रो मानिँदैन । आज हामी चर्चा गर्दैछौँ, किन दिनहुँ नुहाउँदा शरीरको लागि लाभदायक हुँदैन?

तपाईको शरीर दिनहुँ फोहोर हुँदैन- यदि तपाई दिनहुँ जिम जानुहुँदैन र कुनै बढी मेहेनतको काम गर्नुहुँदैन, जसमा पसिना आउँदै भने दिनहुँ नुहाउनु पर्दैन । अधिकांश मानिसले सोशल प्रेशरको कारणले दिनहुँ नुहाउने गर्दछन्, जबकि तपाई फोहोर हुनु हुन्न ।

राम्रो ब्याक्टेरिया नष्ट हुन्छ- कयौँ अनुसन्धानकर्ताका अनुसार हरेक दिन नुहाउँदा तपाईको छालाबाट ती ब्याक्टेरिया नष्ट हुन्छ, जुन तपाईको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्ता ब्याक्टेरियाले हानिकारक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । साथै यी ब्याक्टेरिया साबुन, परफ्यूम, श्याम्पूको हानिकारक प्रभावलाई पनि रोक्ने काम गर्छ ।

कपाल र छाला सुख्खा हुन्छ- हरेक दिन साबुन लगाएर नुहाउँदा तपाईको छाला र कपाल सुख्खा हुनथाल्छ । डायरेक्टर अफ द इन्टरनेशनल एसोसिएशन अफ ट्रिकोलोजिस्ट्सको भनाई अनुसार, तपाईले हप्तामा दुई पटक मात्र कपाल धुनुपर्दछ दिनहुँ र साथै नुहाउँदा तपाईको छाला पनि खराब हुन्छ । यदि तपाई १० मिनेटभन्दा कम समय नुहाउनु हुन्छ भने स्वास्थ्यका लागि ठिक मानिन्छ ।

छाला सम्बन्धि रोगको आशंका– हाम्रो शरीरले प्राकृतिक रूपले एक ओयली पदार्थ निकाल्छ, जसले हाम्रो छालाको कोशिकालाई सुरक्षित राख्नको लागि आवश्यक हुन्छ । अत्यधिक नुहाउँदा वा धुँदा छालालाई त्यो ओयली पदार्थ प्राप्त हुन सक्दैन । यस अवस्थामा छाला सम्बन्धि रोग हुने सम्भावना बढ्छ ।

तपाईको प्रतिक्रिया