ताजा खबर :- हाम्रो शरीरलाई सन्तुलित रूपमा संचालित गर्नको लागि कयौँ पोषक तत्वहरू आवश्यक हुन्छ र यिनै पोषक तत्वहरू मध्य एक भिटामिन डी हो । भिटामिन-डी तपाईको शरीरलाई स्वस्थ राख्न मुख्य भूमिका निभाउँछ । भिटामिन-डी केवल हड्डीको लागि मात्रा आवश्यक हुँदैन । हड्डीलाई बलियो बनाउनुको साथै इम्यून सिस्टमलाई बढाउनका लागि पनि  भिटामिन-डी को आवश्यकता हुन्छ । तर यो पहिचान गर्न कठिन हुन्छ कि तपाईको शरीरमा भिटामिन-डी को मात्रा छ वा छैन । यसकारण आज हामी भिटामिन-डी को कमीको लक्षणहरूका बारेमा चर्चा गर्दैछौँ, जसले तपाई सजिलै पत्ता लगाउन सक्नुहुन्छ कि शरीरमा भिटामिन-डी को कमी छ वा छैन ।

स्वभावमा परिवर्तन आउनु- जब तपाईको शरीरमा भिटामिन-डी को कमी हुन्छ, तब तपाईको मस्तिष्कमा असर पर्छ र तपाईको स्वभावमा परिवर्तन आउँछ, जसका कारण चिडचिडापन हुनथाल्छ ।

हड्डीमा दुखाई हुनु- यदि तपाईको शरीरमा पनि हड्डीमा दुखाई हुन्छ वा जोर्नीमा दुखाई रहन्छ भने हुनसक्छ कि तपाईको शरीरमा भिटामिन-डी को कमी भएको छ । भिटामिन-डी को कमीले यो दुखाई भैरहन्छ ।

थकान महसूस हुनु- जब शरीरमा भिटामिन-डी को कमी हुन्छ वा शरीरमा हल्का दुखाईको साथै तपाईले सुस्ती महसूस गर्नुहुन्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस् । किनकि भिटामिन-डी को कमीले थकान बनिरहन्छ ।

टाउकोमा पसिना आउनु- भिटामिन-डी को कमी हुनुको सबैभन्दा मुख्य लक्षण टाउकोमा पसिना आउनु हो । भिटामिन डी को कमी हुँदा टाउकोबाट सधैँ पसिना आउँछ, यदि तपाईलाई पनि यस्तै भएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस् ।

सामान्य रोगहरूको शिकार हुनु- कयौं रिसर्चका अनुसार, जब शरीरमा भिटामिनको मात्रा कम हुन्छ भने शरीर विभिन्न रोगहरूले ग्रसित बन्छ । विशेषगरी भिटामिन-डी हड्डीको साथै तपाईको रोग प्रतिरोधक क्षमतालाई पनि ठिक राख्छ ।

तपाईको प्रतिक्रिया