ताजा खबर :- सब्जी तपाईको शरिरका लागि सबैभन्दा बढी फाइदाजनक चीज हुन्छ, जुन तपाई हरेक दिन प्रयोग गर्नुहुन्छ । सब्जी बिना कुनै पनि आहार पूरा हुन सक्दैन र सब्जी तपाईको स्वास्थ्यको लागि फाइदाजनक हुनुको साथै यसले खानाको स्वाद पनि बढाउँछ । तपाईको जीवनशैलीमा सब्जीहरू एन्टी-अक्सीडेन्ट्स, भिटामिन, मिनरल, फाइबरको राम्रो स्रोत हुनसक्छ । तपाई क्यालोरीको चिन्ता बिना नै विशेष सब्जी खान सक्नुहुन्छ । तर यस कुरालाई लिएर सधैँ बहस भैरहन्छ कि पाकेको सब्जी स्वास्थ्यको लागि बढी लाभदायक हुन्छ कि काँचो सब्जी खाँदा राम्रो हुन्छ ।

विभिन्न रिसर्चका अनुसार, पाकेको सब्जी बढी फाइदाजनक हुँदैन किनकि सब्जी पकाउँदा यसमा कयौँ न्यूट्रीन र एन्जाइम नष्ट हुन्छ । हुनत: कयौँ अनुसन्धानकर्ताको भनाई छ कि सब्जी पकाउँदा यसबाट हानिकारक ओर्गेनिज्म नष्ट हुन्छ र विभिन्न किसिमले बढी फाइदाजनक हुन्छ । यस्तै अन्य विभिन्न सब्जी हुन्छन्, जुन तपाईले काँचो खान सक्नु हुन्न र तपाईले पकाएर नै खानुपर्दछ । यसकारण सब्जीहरू दुवै किसिमले तपाईको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यदि पाकेको सब्जीको नोक्सान बारेमा कुरा गर्दा एक्सपर्ट्सको भनाई छ कि सब्जी पकाउँदा यसबाट भिटामिन सी, भिटामिन बी र फोलिक एसिड जस्ता विशेष तत्व नष्ट हुन्छ । कयौँ रिसर्चका अनुसार, जब तपाई कुनै सब्जीको सलादको रूपमा खानुहुन्छ भने तपाईले बढी फाइदा प्राप्त गर्नुहुन्छ र तपाई बढी आवश्यक तत्वको सेवन गर्न सक्नुहुन्छ । केही एन्जाइम गरम हुनुको कारण नष्ट हुन्छ । ब्रोकली, गोभी र अन्य स्प्राउट्स जस्ता सब्जीहरूमा एन्टी-क्यान्सर तत्व हुन्छ, जुन गरम गर्नाले नष्ट हुन्छ । हुनत: सब्जीहरू काँचो सेवन गर्न मिल्ने वा नमिल्ने सब्जीमा पनि निर्भर गर्छ किनकि सब्जीहरू काँचो खाँदा बढी नोक्सानदायक हुनसक्छ ।

तपाईको प्रतिक्रिया