ताजा खबर :- आम धारणा छ कि पालक खाँदा स्वास्थ्यका लागि हानिकारक हुन सक्दैन, तर साँचो यो होइन । कयौँ अनुसन्धानकर्ताका अनुसार, यदि बढी मात्रामा पालक वा दोस्रो कुनै पनि हरियो सागपातको प्रयोग गर्दा असर उल्टो पनि हुनसक्छ । पालकमा प्रशस्त मात्रामा आइरन, फाइबर र मिनरल्स हुन्छ । यदि शरीरमा यसको मात्रा बढी हुन्छ भने पेटसँग सम्बन्धित विभिन्न किसिमको समस्या हुनसक्छ । यहाँ सम्म कि मृगौला पनि प्रभावित हुनसक्छ ।

विशेषज्ञका सल्लाह अनुसार, पालकको बढी प्रयोगले पेट फुल्लिने, डायरिया, मृगौलामा पत्थरी, गाउट जस्ता समस्या हुनसक्छ । पालकमा पाईने तत्वको अवशोषणमा शरीरले थोरै बढी समय लिन्छ, यसकारण दिनहुँ पालकको सेवन गर्नबाट बँच्नु फाइदाजनक हुन्छ नत्र पेट फुल्लिने एवम् कब्जियतको समस्या उत्पन्न हुनसक्छ । पालकमा फाइबर हुन्छ र अधिक मात्रामा फाइबर शरीरको लागि ठिक हुँदैन । बढी फाइबर पाचन तन्त्रलाई असर पुर्याउँछ र पखला जस्ता समस्याको कारण बन्न सक्छ ।

पालकमा ओक्जेलिक एसिड भरिपूर्ण हुन्छ । शरीर पालकलाई यूरिक एसिडको रूपमा ग्रहण गर्छ, जुन मृगौलाको लागी राम्रो मानिँदैन । यूरिक एसिड मृगौलामा क्याल्शियमको मात्रा र मृगौलामा पत्थरी हुनसक्ने खतरा बढाउने कारण बन्छ । शरीरमा बढी यूरिक एसिड हुँदा जोर्नीको दुखाई वा गठिया जस्ता समस्याबाट ग्रसित बन्नुपर्ने अवस्था उत्पन्न हुन्छ । बढी पालकको सेवनले शरीरमा क्याल्शियम, आइरन आदि खनिजको कमी हुनसक्छ । यस्तो यसकारण, किनकि पालकमा पाईने ओक्जेलिक एसिडले यी खनिजहरूलाई शरीरमा पूर्ण रूपमा अवशोषित हुन दिँदैन ।

तपाईको प्रतिक्रिया