ताजा खबर :- वर्षायाममा अधिकांश ठाउँमा सर्पले टोक्ने खतरा रहन्छ । जब कुनै व्यक्तिलाई सर्पले टोक्छ भने विषको कारण तुरुन्त शरीरमा केही परिवर्तन आउन थाल्छ । यस अवस्थामा पीडित व्यक्तिको ज्यान बचाउनका लागि केहि विशेष ध्यान राख्न आवश्यक हुन्छ । सर्पले टोक्ने बित्तिकै यस्ता ५ उपाय अपनाई तुरुन्त पीडित व्यक्तिको ज्यान बचाउन सकिन्छ ।

सर्पले टोक्ने बित्तिकै यसरी बचाउनुहोस् ज्यान

१-चिन्ता कम गर्नुहोस्

पीडित व्यक्तिलाई सर्प देखि टाढा लैजानुहोस् ।उसको चिन्तालाई कम गर्ने कोशिश गर्नुहोस् किनकि कयौँ मानिस केवल चिन्ता कै कारण मृत्यु हुनेगर्छ ।

२-स्थिर रहनु

पीडित व्यक्तिलाई सिधा पल्टाउनुहोस्  । उसलाई धेरै हल्लाउनु हुँदैन । यसबाट रक्तसंचार ढिलो हुन्छ, जसका कारण विष शरीरमा तीव्र रूपमा फैलिन पाउँदैन ।

३-अनावश्यक चीज निकाल्नुहोस्

जुत्ता, औंठी, कडा, पायल, जस्ता चीजहरू निकाल्नुहोस् किनकि विष फैलिँदा हात-खुट्टामा सूजन हुनसक्छ । यस अवस्थामा यी चीजहरूको कारण त्यस भागमा रक्तसंचार रोकिन सक्छ ।

४-सिरिन्जले रगत निकाल्नु

जुन ठाउँमा सर्पले टोकेको छ त्यहाँ इन्जेक्शनको सिरिन्जले रगत बाहिर निकाल्नुहोस् ।

५-पट्टी बाध्नुहोस्

घाउमा पट्टी बाध्नुहोस् र पीडित व्यक्तिलाई तुरुन्त नजिकको अस्पतालमा लैजानुहोस् ।

सर्पले टोक्ने बित्तिकै शरीरमा कस्तो असर देखिन्छ?

-टोकेको ठाउँ सुन्निने र रातोपन हुने वा निलो हुनथाल्छ ।

-सर्पले टोकेको ठाउँमा दुखाई हुनथाल्छ ।

-श्वास लिन कठिनाई हुनथाल्छ ।

-उल्टी र चिन्ता हुनथाल्छ ।

-आँखाले धमिलो देख्न थाल्छ ।

-अनुहार र हातमा अचेत हुनथाल्छ ।

तपाईको प्रतिक्रिया