ताजा खबर :- कतिपय मानिसको खानाको साथमा कोल्ड ड्रिंक पिउने बानी हुन्छ, सायद तपाईको पनि यस्तै बानी होला । यदि तपाईको पनि यस्तै बानी छ भने तुरुन्त त्याग्नुहोस्, किनकि यसबाट क्यालोरी बढ्नुको साथै अनेकौँ समस्याहरू पनि हुनसक्छ । खाना खानुको साथै सफ्ट ड्रिंक पिउनुको यस्ता नोक्सानहरू छन्, जान्नुहोस् ।

शुगर बढ्ने खतरा- जब तपाई खान खानुहुन्छ तब तपाई खानामा कार्बोहाइड्रेट र अन्य पोषक तत्वहरूको पनि सेवन गरिरहनुहुन्छ, तर जब तपाई यसको साथमा कोल्ड ड्रिंक पिउनुहुन्छ तब ड्रिंकको शुगर पनि तपाईको शरीरमा प्रवेश हुन्छ र शरीरमा शुगरको मात्रा बढी हुन्छ । यसकारण खानाको साथमा यसलाई सेवन गर्नुहुँदैन ।

हड्डीमा नकारात्मक असर- अधिकांश सफ्ट ड्रिंकमा प्रशस्त मात्रामा फस्फोरस पाईन्छ । फस्फोरसको मात्रा बढ्दा तपाईको शरीरलाई क्याल्शियम अवशोषित गर्न कठिन हुन्छ । जसको कारण हड्डीको स्वास्थ्यमा निकै खराब प्रभाव पर्छ ।

शरीर डीहाइड्रेट हुने खतरा बढ्छ- सफ्ट ड्रिंकको सेवन पश्चात् सादा पानी वा हेल्दी ड्रिंक पिउने मौका कम हुन्छ । यस कारण तपाईको शरीरलाई जो इलेक्ट्रोलाइट, आवश्यक भिटामिन र मिनरल्स चाहिन्छ, यसलाई तपाईले दिन सक्नुहुन्न । साथै सफ्ट ड्रिंकमा पाईने केफिनले शरीरलाई डीहाइड्रेट गर्छ ।

तपाईको प्रतिक्रिया