ताजा खबर :- नूनको सेवनको बारेमा वा यसको फाइदाको बारेमा तपाईले सायदै सोच्नुहुन्छ होला, तर के तपाईलाई थाहा छ, नून तपाईको शरीरको कयौँ समस्यालाई हटाउन सक्छ । नून एक यस्तो चीज हो जसको सही मात्रामा सेवन गरियो भने तपाईको लागि औषधीको काम गर्न सक्छ । यसैगरी  नूनको पानी तपाईको लागि असरदार हुन्छ र यसबाट कयौँ फाइदा हुन्छ । नूनलाई पानीमा मिलाएर बनाईने घोललाई सोल वाटर भनिन्छ, जसमा प्राकृतिक नून र पानीको मिश्रण हुन्छ । सायद तपाईलाई थाहा नहुन सक्छ, कि घरमा सब्जी आदिमा प्रयोग हुने नूनको पानी शरीरको लागि फाइदाजनक हुँदैन, यसको लागि प्राकृतिक नूनको आवश्यकता हुन्छ । यसको लागि तपाई कालो नूनको प्रयोग गर्न सक्नुहुन्छ । कालो नूनमा ८० खनिज र जीवनको लागि सबै आवश्यक प्राकृतिक तत्व पाईन्छ, जुन आवश्यक हुन्छ । हरेक दिन नूनको पानी पिउनुको के-के फाइदा हुन्छ, जानीराखौँ ।

हाइड्रेशन- पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर बढी पानी पिउनु स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । जबकि प्राकृतिक नूनको साथ पानी पिउँदा शरीरले पानीलाई सोस्छ र त्यसलाई राम्रो सँग प्रयोग गर्छ ।

पाचन तन्त्र दुरुस्त राख्छ- सन्तुलित रूपमा पाचनको लागि लार ग्रन्थी सक्रिय हुन निकै आवश्यक हुन्छ र कालो नून युक्त पानीले लार ग्रन्थीलाई सक्रिय गर्न मद्दत गर्छ । पेटको भित्र प्राकृतिक नून, हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइमलाई उत्तेजित गर्न मद्दत गर्छ । जसका कारण खाएको भोजन सजिलै पाचन हुन्छ ।

अनिन्द्राको समस्याबाट आराम- यदि तपाई अनिन्द्राको समस्याले चिन्तित हुनुहुन्छ भने नून पानीको सेवन गर्नुहोस् । प्राकृतिक नूनमा पाईने मिनरल पाचन तन्त्रलाई शान्त गर्न मद्दत गर्छ । नूनले कोर्टिसोल र एड्रनलाईन जस्ता खतरनाक स्ट्रेस हार्मोनलाई कम गरी राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

त्वचाको लागि फाइदाजनक- यदि तपाई स्वस्थ एवम् चम्किलो त्वचा चाहनुहुन्छ भने ड्रिंकिङ्ग सोल तपाईलाई मद्दत गर्न सक्छ । यस पानीमा पाईने तत्वले तपाईको त्वचा स्वस्थ हुन्छ र क्रोमियम तपाईको सुख्खा त्वचालाई हटाउँछ र त्वचा सम्बन्धि समस्यालाई कम गर्छ । त्यहिँ सल्फर तपाईको त्वचालाई सफा गर्छ र मुलायम राख्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया