नेपालगन्ज २५ कार्तिक । नेपालगन्जमा आफनो प्रतिबद्धता पत्र सार्बजनिक गरेको बिबेकशिल साझा पार्टिले चुनाबी प्रचारलाई तिब्र पार्न थालेको छ । सो पार्टिले शनिबार नेपालगन्ज र खजुरामा प्रचार ¥याली संगै मतदाता भेटघाट अभियान सञ्चालन गरेको छ । अभियानमा जिल्लाबाट प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवार र सुबेच्छुकहरुको सहभागिता रहेको थियो । बिहान नेपालगन्जको त्रिभुवन चोकमा मतदाता संघ भेटघाट गरेको पार्टिले बाँकेको खजुरामा ¥याली सहित मतदाता भेटघाट गरेको छ ।

खजुराको १ नं. बजार बाट शुरु भएको ¥याली खजुराको धनौली चौकीमा पुगि समापन भएको थियो । ¥यालीको समापन पछी उम्मेदवार तथा सुबेच्छुकहरुले बिबेकशिल साझा पार्टिलाई मतदान गर्नका लागी आग्रह गर्दै खजुरा बजारका मतदाताहरुलाई भेटघाट तथा घरदैलो पनि गरेका थिए । मतदाता भेटघाट कार्यक्रममा बिबेकशिल साझा पार्टिका केन्द्रिय सदस्य गेहेन्द्र दाहाल, बाँके क्षेत्र नं २ प्रदेश सभा ख का उम्मेदवार डा. बिनोद कर्ण, क्षेत्र नं. ३ प्रदेश सभा ख का उम्मेदवार अमित लामा लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया