ताजा खबर :- फर्सी हाम्रो स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । फर्सीमा विभिन्न रोगहरूलाई निको पार्ने औषधीय गुणहरू भरिपूर्ण मात्रामा पाईन्छ । फर्सीको सब्जीमा पेट देखि लिएर मुटुसम्म विभिन्न कयौँ रोगहरूको उपचार गर्ने क्षमता हुन्छ । आयुर्वेद चिकित्साका अनुसार, फर्सी पोषक तत्व धेरै भएको तरकारीमा अन्तर्गत पर्दछ । फर्सीको गुदी अर्थात भित्रको बियाँमा अत्यधिक पोषण तत्व पाइन्छ ।

फर्सी र यसको बियाँको सेवन मिल्ने फाइदाहरू-

१-फर्सीमा बीटा केरोटिन अत्यधिक मात्रामा पाईन्छ । बीटा केरोटिनको उपस्थितिमा हामीलाई बढी मात्रामा भिटामिन ए प्राप्त हुन्छ । बीटा केरोटिन एन्टीअक्सीडेन्ट हुन्छ, जसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।

२-यो शरीरको तापक्रम कम गर्नमा निकै लाभकारी हुन्छ । यसको डाठलाई किनाराबाट काटेर पैतालामा रगड्दा शरीरको तापक्रममा कमी आउन सक्छ ।

३-फर्सीको साथ-साथै यसको रस पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको रस पाचन प्रणालीलाई सन्तुलित राख्छ । यसले रगतमा शुगरको मात्रालाई नियन्त्रण गर्छ, यसकारण प्रायजसो चिकित्सकले मधूमेह रोगीलाई यसको रस पिउने सल्लाह दिने गर्दछन् ।

४-विभिन्न अनुसन्धानका अनुसार, फर्सीको बोक्रामा कयौँ एन्टी ब्याक्टेरिया तत्वहरू पाईन्छ, जसले हाम्रो शरीरलाई ब्याक्टेरियल इन्फेक्शनबाट बचाउँछ ।

५- यसमा भिटामिन सी र ई, आइरन र फाइबर प्रशस्त मात्रामा पाईन्छ । यसमा पाईने आइरन हाम्रो शरीरको रक्तसंचारलाई नियन्त्रित गर्छ ।

६-यसको बियाँको सेवनले तनाव कम हुन्छ र साथै निन्द्रा पनि राम्रो लाग्छ ।

७-यसको बियाँमा स्टेरोल्स र फिस्टोस्टेरोल नामक दुई तत्व पाईन्छ । यी दुवै तत्वहरूको कारणले यो शरीरमा कोलेस्ट्रोलको स्तर कम गर्न मद्दतगार सावित हुन्छ ।

८-फर्सीको बियाँ सेक्स सम्बन्धि रोगहरूलाई हटाउँछ । विशेषगरी फर्सीमा जिंक पाईन्छ र जिंकको कमीले नै मेल सेक्सुअल हार्मोन टेस्टोस्टेरोन कम बन्छ । यस रोगलाई इरेक्टाइल डिसफंक्शन (Erectile Dysfunction) भनिन्छ ।

तपाईको प्रतिक्रिया