ताजा खबर:- आज सम्म तपाईले सुन्नु भएको होला कि हीमोग्लोबिनको कमीले स्वास्थ्यमा कयौँ समस्याहरू उत्पन्न हुनसक्छ तर सायदै तपाईलाई जानकारी होला कि यो अधिक हुँदा पनि तपाईको स्वास्थ्यका लागि नोक्सानदायक हुनसक्छ । जान्नुहोस्, हीमोग्लोबिन बढ्दा हुनसक्ने यी ५ नोक्सान-

१-शरीरमा रातो रक्त कोशिका बढ्दा कयौँ पटक तपाईलाई थकान महसूस हुन्छ । यस स्थितिमा तपाई कुनै पनि काम गर्ने क्रममा चाँडो थकावट महसूस गर्नुहुन्छ ।

२-हीमोग्लोबिनको स्तर बढ्दा तपाईको दिमागी क्षमता केही हद सम्म प्रभावित हुन्छ । यस्तो अवस्थामा स्मरण क्षमता कम हुनसक्छ ।

३-यदि तपाईको शरीरबाट प्रायजसो ब्लीडिंग हुन्छ, जस्तै:- नाकबाट रगत निस्कनु या दाँतको जरा, गिजाबाट रगत आउनु आदि । यदि तपाईलाई यस्तो समस्या छ भने तुरुन्त चिकित्सक कहाँ अवश्य जाँच गराउनुहोस् ।

४-पेट भरिएको महसूस हुनु, पेटमा दुखाई हुनु, पेटमा बायाँ तर्फ दबाव महसूस हुनु आदि समस्या पनि कयौँ पटक हीमोग्लोबिन बढ्दा हुनसक्छ । यसकारण यस्ता समस्याहरूको जाँच चाँडो गराउनु पर्दछ ।

५-कयौँ पटक आँखाले धमिलो देख्नु या हल्का टाउको दुख्ने समस्या बनिरहनु पनि हीमोग्लोबिन बढ्नुको कारण हुनसक्छ ।

तपाईको प्रतिक्रिया