ताजा खबर:- उचित आहार र व्यायाम राम्रो स्वास्थ्य र जीवनको लागि सधैँ लाभकारी हुन्छ तर यसको साथै खानपान र जीवनशैलीको तरिकाले पनि निकै हद सम्म प्रभावित गर्छ । यदि तपाई आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त एवम् फुर्तिलो राख्न चाहनुहुन्छ भने खाना खाने यो तरिकाको जानकारी राख्न अत्यन्त आवश्यक हुन्छ, जुन यस्ता छन् ।

१-खानालाई चपाएर खानुहोस् । यसले प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पुर्याउँछ । आयुर्वेदका अनुसार, हाम्रो मुखमा जति दाँत छन्, हरेक पटक उति नै पटक अर्थात् ३२ पटक चपाउनु पर्दछ । यसकारण तपाई पनि बढी भन्दा बढी खाना चपाएर खाने कोशिश गर्नुहोस् ।

२-खान खाने क्रममा पानी पिउनुहुँदैन । पानी खाना खानु भन्दा आधा घण्टा पहिले र पछि पिउनुपर्दछ । यसो गर्दा पाचन प्रणाली र स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

३-रातीको खानाको लागि सतर्क रहनुहुन्छ भने स्वास्थ्य सम्बन्धि समस्याहरू कम हुन्छ । बढीजसो समस्याहरू पेटको कारण हुन्छ र यदि तपाई राती अबेर खाना खानु हुन्छ भने खाना सही तरिकाले पच्न पाउँदैन, जसका कारण कयौँ स्वास्थ्य समस्या उत्पन्न हुन्छ । यसकारण सुत्नु भन्दा कम्तीमा दुई घण्टा पहिले हल्का भोजन सेवन गर्नुहोस् ।

४-खाना खाइसकेपछि तुरुन्त आइसक्रीम, चिसो पानी आदिको सेवन गर्नुहुँदैन अन्यथा तपाईलाई पाचन सम्बन्धि समस्या र कब्जियत हुनसक्छ । यसले तपाईको शरीरमा गलत असर पार्छ ।

५-खानाको साथ-साथै फलफूल भूलेर सेवन गर्नुहुँदैन । यसले पाचन प्रक्रियालाई असन्तुलन गराउछ र पाचन र पेटसँग सम्बन्धित समस्याहरू उत्पन्न हुन्छ । फलफूलको सेवन सधैँ भोजन गर्नु भन्दा आधा या एक घण्टा पहिले गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया