ताजा खबर:- काखीमूनीको कालोपन कुनै ठूलो समस्या भने होइन, यो निकै सामान्य अवस्था हो । यस कालोपनको समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने एक पटक यी ५ कुरामा विशेष ध्यान राख्न अति आवश्यक हुन्छ, जो काखीमूनीको कालोपनको लागि जिम्मेवार हुन्छ ।

१-हेयर रिमूभल क्रीम

हेयर रिमूभल क्रीम काखीमूनी कालोपन बनाउनको लागि जिम्मेवार हुन्छ । यदि तपाई पनि काखीमूनीको रौँ हटाउनका लागि क्रीमको उपयोग गर्नुहुन्छ भने यसको प्रयोग नगर्नु नै उत्तम मानिन्छ।

२-रेजरको प्रयोग

यसको प्रयोगले पनि काखीमूनीको त्वचालाई कालो बनाउन सक्छ र साथै रौँ पनि कडा हुन्छ ।  यसकारण हेयर रिमूभका लागि रेजरको प्रयोग गर्नुभन्दा पहिले एकपटक अवश्य सोच्नुहोस् ।

३-डिओको प्रयोग

तपाईलाई यो जानेर अचम्म लाग्न सक्छ कि केही केमिकलयुक्त डिओ वा परफ्यूमको प्रयोगले काखीमूनी कालो हुनसक्छ । यसकारण यस्ता किसिमका उत्पादनको प्रयोग कम गर्नुहोस् ।

४-मृत त्वचा

मृत त्वचा सधैँ कालोपनको लागि हुन्छ, जुन समयको साथै अझ कडा र कालो हुन्छ । यसबाट बँच्नको लागि नियमित त्वचाको सही तरिकाले सफाई निकै आवश्यक हुन्छ ।

५-पसिना

पसिना पनि त्वचाको रंग गाढा बनाउनका लागि जिम्मेवार हुन्छ । यदि तपाईलाई अत्यधिक पसिना आउँछ भने काखीमूनी कालोपनको समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया