काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० ववर्षको उमेरमा निधन भएको छ । नेपालका बरिष्ठ राजनीतिज्ञ विष्टको आज बिहान करिब ११ बजे ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । पञ्चायती व्यवस्थाका प्रधानमन्त्री बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष बनेका विष्ट लामो समयदेखि घरमा नै आराम गरी बसेका थिए ।

तपाईको प्रतिक्रिया