काठमाडौँ- फेरिपनि पर्साको सखुवा प्रसौनीकी १७ बर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छिन्। उनको भविष्य लुट्ने डाँगाहरु खुलेआम हिँडिरहँदा न प्रहरी प्रशासनले एक्सनल लियो, न त कुनै नेता र सरेकारवालाहरुले कुनै पहल गरे। किनकी बलात्कार गर्नेहरुको नाइके डाँगो त्यहाँको वडाअध्यक्षको सुपुत्र परेछ।बलात्कृत किशोरीको संबेदनशिल अँगबाट अत्याधिक रक्तस्राब भएर नारायणी अन्चल अस्पतालमा उपचाररत छिन्।

पीड़ित पक्षले न्यायको निम्ति उजुरी दिन जाँदै गर्दा उल्टै उनीहरुका हात भाँचिएका छन् , अंगभंग बनाईएका छन्। के यो नेपालको कानुन ठूलाबडा, नेता, गुण्डा र माफियाहरुको दराजको सम्पति हो? होइन भने बलात्कारीको तलको काटी दे सरकार..!! बाकि भिडियो आफै बोलछ !!

११ गतेको घटनालाई लिएर सखुवा प्रसौनी वार्ड नं ४ को वार्ड अध्यक्षको छोराले सोही ठाउँ बस्ने १६ बर्ष बालिकालाई बलात्कार गरेको कुरा लाई लिएर पीडितले न्याय माँगन जादा उल्टो पीड़क ले पीड़ित बालीका को घर परिवारको सदस्य हरूको अंगभंग हुने गरी कुटेका छन ! सरोकार वालाहरू किन मौन छन ?अहिलेसम्म पीड़कलाई पक्राउ गर्न सकेको छैन !के हाम्रो समाजमा गरीब निमुखा हरुलाई ईमानदारपूर्बक बाच्ने अधिकार छैन ?सरोकरवाला र अधिकारकर्मी साथीहरु किन मौन छ? पीडितले न्याय पाऊनै पर्छ र पीड़कलाई दण्ड सजाय हुनई पर्छ !

तपाईको प्रतिक्रिया