काठमाडौँ । अभिनेत्री इशा गुप्ताले हालै हट फोटो सेसन गराएकी छिन् । पछिल्ला दिनमा कन्डमको विज्ञापनमा अभिनय गर्न सनी लियोनको भन्दा डबल पारिश्रमिक माग गरेर चर्चामा रहेकी इशाले एउटा फेसन म्यागजिनका लागि फोटो सेसन गराएकी हुन् । अधिकांश सट बिकिनीमा दिएकी इशाका ती फोटाले अहिले बलिउडमा चर्चा पाएको छ । उनले कुनैमा ब्ल्याक त कुनै फोटोमा स्किन कलरको बिकिनी पहिरिएकी छिन् । उनले सेसनका केही फोटा आफ्नो इन्ट्राग्राममा समेत पोस्ट गरेकी छिन् । नयाँ पत्रिकाले छापेको छ । सन् २०१२ मा बनेको ‘जन्नत–२’बाट बलिउडमा प्रवेश गरेकी इशाले त्यसपछि ‘राज ३’, ‘चक्रव्यूह’, ‘गौरी तेरी प्यार मे’, ‘रुस्तम’, ‘बादशाहों’, ‘कमान्डो २’लगायतका फिल्म अभिनय गरेकी छिन् । अभिनेत्रीका रूपमा उनको करिअरले उचाइ भने लिन सकेको छैन । अब उनका ‘आँखे २’ र ‘हेराफेरी ३’ दर्शकमाझ आउँदै छन् ।

तपाईको प्रतिक्रिया