काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र निर्देशक फराह खान हालै आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भेटिए । भारतीय मिडियाले उल्लेख गरेअनुसार उनीहरूले सो मन्दिरमा धूमधामसँग पूजा गरेका थिए ।

दीपिका अभिनीत नयाँ फिल्म पद्मावती अहिले विवादमा फसेको छ । सञ्जयलीला भंसालीको पद्मावतीको प्रदर्शन मिति नजिकिँदै जाँदा ऐतिहासिक तथ्यलाई तोडमोड गरेर फिल्म बनाइएको दाबीसहित हिन्दूसम्बन्धी विभिन्न संघसंस्थाले विरोध जनाइरहेका छन्। नयाँ पत्रिकाले छापेको छ । सन् २००७ को ‘ओम शान्ति ओम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी दीपिका पद्मावतीको विवाद मत्थर होस् भन्ने हेतुले तिरुपति दर्शनमा गएको बताइएको छ । बलिउडमा सफलताका साथ दश वर्ष बिताएकाले आफ्नो डेब्यु फिल्मका निर्देशक फराहका साथ दीपिका सो मन्दिर पुगेको आकलन पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया