काठमाडौं -चुनावी तालमेल र एकतालाई सार्थक बनाउन एमाले र माओवादी केन्द्रले एउटाको कार्यक्रममा अर्को पार्टीका शीर्ष नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अघि बढाएका छन् । बुधबार काठमाडौं २ मा माओवादीले आयोजना गरेको चुनावी भेलामा एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथि बने । त्यस्तै, तीन दिनअघि झापामा माओवादीले आयोजना गरेको जिल्लास्तरीय चुनावी भेलालाई एमाले अध्यक्ष केपी ओलीले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए । चितवन ३ मा चुनावी प्रचारमा व्यस्त माओवादी अध्यक्ष प्रचण्डले एमालेद्वारा आयोजित स्थानीय कार्यक्रमहरूलाई प्रमुख अतिथिकै हैसियतममा सम्बोधन गरिरहेका छन् ।

१० स्थानमा संयुक्त चुनावी सभाको तयारी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले २९ कात्तिकबाट ८ मंसिरसम्म देशका १० स्थानमा हुने ठूलो संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । ताप्लेजुङमा दुवै पार्टीको संयुक्त चुनावी सभा सम्पन्न भइसकेको छ । गोरखा, बाग्लुङ, पोखरा, दाङ, बर्दिया, रूपन्देही, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा हुने संयुक्त चुनावी सभालाई दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् । ‘चुनावी तालमेल र पार्टी एकता प्रभावकारी बनाउन चुनावी सभा सम्पन्न हुनेछ,’ रिमालले भने ।एमाले र माओवादी केन्द्रले तालमेल र पार्टी एकता सार्थक बनाउन संयुक्त केन्द्रीय कार्यालय सञ्चालनदेखि संयुक्त चुनावी सभासम्मको तयारी गरेका छन् । १० मंसिरका लागि घोषित पहिलो चरणको चुनावी प्रचार मध्यतिर पुग्दै गर्दा २१ मंसिरमा हुने दोस्रो चरणको चुनावी परिचालन प्रभावकारी बनाउन दुई ठूला वामपन्थी दलले तयारी थालेका हुन् ।नयाँ पत्रिकाले छापेको

एकता संयोजन समिति निर्णायक एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै प्रमुख रहेको पार्टी एकता संयोजन समितिले नै वाम गठबन्धनको चुनावी परिचालनको ‘कमान्ड’ गर्नेछ । समितिमा एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् । माओवादीबाट नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालका अनुसार केन्द्रीयस्तरमा रहेको यो समिति नै चुनाव परिचालनका लागि निर्णायक मानिनेछ । प्रदेश र जिल्लालाई परिचालन गर्ने, कतिपय समस्या अन्तिम समाधान गर्ने काम यही समितिले गर्नेछ ।

जिल्लामा संयुक्त निर्देशक समिति केन्द्रको एकता संयोजन समितिमातहत परिचालित हुनेगरी जिल्लाहरूमा एमाले र माओवादीले दुवै पार्टीका ‘सिनियर’ नेताहरू रहेको संयुक्त चुनावी परिचालन समिति बनाएका छन् । ‘जिल्लामा दुवै पार्टीका सिनियर नेताहरू रहेको संयुक्त चुनावी परिचालन निर्देशक समिति बनेको छ,’ रिमालले भने, ‘त्यो समितिले समन्वय, निर्देशन गर्नुका साथै संयुक्त रूपमा चुनावी प्रचार गरिरहेको छ ।’ एमाले बलियो रहेको जिल्लामा एमाले र माओवादी बलियो रहेको जिल्लामा माओवादीका बढी नेता रहने गरी समिति बनेको उनले जानकारी दिए । कतिपय जिल्लामा दुवै पार्टीका नेता–कार्यकर्ताले अभिभावक मान्न सक्ने व्यक्तिलाई संयोजक बनाइएको उनको भनाइ छ । माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापाका अनुसार दुवै पार्टीको वरीयता रहने गरी संयुक्त परिचालन समिति बनेका छन् । संयुक्त रूपमा चुनावी प्रचार गर्दा एकले अर्को पार्टीको विरोध नगरी एकतालाई सहयोग पुर्‍याउने गरी चुनावी गतिविधि अघि बढिरहेको उनको भनाइ छ । अधिकांश जिल्लाका समितिमा एमाले नेताकै बाहुल्य छ ।

सानेपामा छुट्टै केन्द्रीय कार्यालय गठबन्धनको संयुक्त चुनाव परिचालन प्रभावकारी बनाउन दुवै पार्टीले चुनाव अवधिभरका लागि सानेपामा छुट्टै केन्द्रीय कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । ‘चुनाव अवधिभर आपसी समन्वयका लागि संयुक्त रूपमा कार्यालय सञ्चालनका लागि सानेपामा ठाउँ हेरिरहेका छौँ । सम्भवतः यो हप्ताभित्रै सञ्चालनमा आउनेछ,’ रिमालले भने, ‘संयुक्त कार्यालय सञ्चालन हुँदा पेरिसडाँडा दौडिने कि धुम्बाराही भन्ने अलमल अन्त्य हुनेछ ।’

संयुक्त चुनावी सभा कार्यतालिका कात्तिक २९–गोरखा कात्तिक ३०–बाग्लुङ र स्याङ्जा मंसिर २– झापा ९दमक० मंसिर ३– झापा ९काँकडभिट्टा० र मोरङ ९विराटचोक० मंसिर ५– चितवन मंसिर ६–बुटवल र दाङ मंसिर ७–सुर्खेत र दैलेख मंसिर ८–कैलाली र कञ्चनपुर मंसिर ९– कास्की ९पोखरा०

तपाईको प्रतिक्रिया