ताजा खबर:- व्यस्त जीवनशैली, अस्वस्थकर आहार र तनावको कारण पेट खराब हुनथाल्छ । यसको नकारात्मक असर पाचन प्रणालीमा पर्छ । यस्तो अवस्थामा एसिडिटी र कब्जियतको समस्या बढ्न थाल्छ । यस समस्याबाट बँच्नको लागि हाम्रो घरमा केही उपाय उपलब्ध छन् । यिनलाई दिनहुँ प्रयोगमा ल्याई केवल २ दिनमै पाचन प्रक्रियामा सुधार ल्याउन सकिन्छ । आयुर्वेद एक्सपर्टका अनुसार, यस्ता घरेलू उपाय जसको माध्यमले एक दिनमै पेटलाई सफा राख्न सकिन्छ ।

स्टेप-१

२ गिलास पानीमा २ चम्मच धनिया पाउडर मिलाउनुहोस् ।

स्टेप-२

अब यसमा आधा चम्मच अदुवाको पाउडर राम्रो सँग घोल्नुहोस् ।

स्टेप-३

तयार गरिएको घोललाई हल्का आँचमा ५ मिनेटसम्म पकाएर गाढा बनाउनुहोस् ।

स्टेप-४

तयार गरिएको गाढा झोललाई ४-४ चम्मच बिहान-साँझ सेवन गर्नुहोस् । यसले पेट सफा राख्न मद्दत गर्छ ।

पेट सफा राख्ने अन्य उपाय,

-आधा चम्मच सानो हरडको पाउडर बिहान-साँझ महको साथमा सेवन गर्नुहोस् ।

-आधा-आधा चम्मच इलायचीको पाउडर र मिश्री मिलाएर बिहान-साँझ खानुहोस् ।

-दिनहुँ २ चम्मच कागतीको रसमा थोरै जायफलको पाउडर मिलाएर पिउनुहोस् ।

-एक कप पानीमा एक-एक चम्मच जीरा र सौफलाई मिलाएर उमाल्नुहोस् । मनतातो भएपछि यसलाई पिउनुहोस् ।

-एक चौथाई चम्मच अदुवाको पाउडर, एक चम्मच सौफ र आधा चम्मच मिश्री मिक्स गरी बिहान-दिउँसो र साँझ खानुहोस् ।

-दिनमा ४ पटक एक गिलास मनतातो पानी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया