ताजा खबर:- जाडो या वर्षायामको मौसममा रुखाखोकी हुनु सामान्य कुरा हो । मौसम चिसो हुनुको कारणले चिस्यान बढ्छ र संक्रमण फैलिने खतरा पनि उति नै हुन्छ । यस्तो अवस्थामा यदि खोकीको समस्याले चिन्तित हुनुहुन्छ भने अर्सीको चिया पिउँदा निकै प्रभावकारी सावित हुन्छ । अर्सीको चिया बनाउनको लागि पिसेको अर्सी वा यसको पाउडर प्रयोग गर्नुपर्दछ । यो चियाले खोकीको समस्याबाट आराम दिलाउन मद्दत गर्छ । जान्नुहोस्, अर्सीको यो चिया र यसलाई कसरी पिउनुपर्दछ, जसको यसप्रकार चर्चा गरिएको छ ।

सामग्री:- २ कप पानी, अर्सीको पाउडर १ चम्मच, मह या गुड अथवा चीनी स्वादानुसार ।

विधि:- २ कप पानीमा एक चम्मच अर्सीको पाउडर मिलाएर यस मिश्रणलाई हल्का आँचमा पकाउनुहोस् । यसलाई तबसम्म पकाउनुहोस्, जबसम्म पानी एक कप हुन्छ ।

यसलाई चिसो हुनका लागि छोड्नुहोस् र यसमा स्वादानुसार मह र गुड अथवा चीनी मिलाएर हल्का मनतातो हुँदा पिउनुहोस् ।

यस चियालाई पिउँदा रुघाखोकी या दमको समस्याबाट ग्रसित व्यक्तिहरूको लागि निकै लाभदायक हुन्छ । यदि कसैलाई पनि जाडो मौसममा यस्तो किसिमको समस्या हुन्छ भने रोगीले यस चियालाई दिनभरमा २-३ पटक सेवन गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया