काठमाडौँ ।  घातक छालाको क्यान्सर भएका अधिकांश मानिसमा झन्डै २० ओटा कोठी पाइएको विज्ञहरुले बताएका छन् । अनियमित वा परिर्वर्तित कोठी छालाको घातक क्यान्सर मेलानोमाको संकेत भएको समेत वैज्ञानिकहरुको बुझाई छ ।

हर्वाड टीएच चान स्कुल अफ पब्लिक हेल्थका अनुसार कोठी रोग लाग्ने एउटा चेतावनी मात्र होइन बरु लक्षण पनि हो । अध्ययन अनुसार हरेक तीन जना मेलानोमाका बिरामीमध्ये दुई जनामा २० भन्दा बढी कोठी थिए । तुलनात्मक रुपमा थोरै मेलानोमाका बिरामीमा अझै खतरनाक कोठी थिए । मानिसको शरिरमा हुने कोठीको संख्या र कोठीको प्रकार रोग उत्पन्न हुने पक्रियासँग सम्बन्धित हुने अध्ययनको नेतृत्व गरेका डा. एलन गेलरले बताए ।

कोठीका कूल संख्या, अनियमित कोठी र मेलानोमा अर्थात छालाको घातक क्यान्सरबीचको सम्बन्धबारे अनुसन्धानकर्ताहरुले अध्ययन गरेका थिए । मेलानोमा भएका ५५६ बिरामीको अध्ययन गर्दा ६६ दशमलब ४ प्रतिशतमा २० ओटासम्म कोठी थिए । तर ७३ दशमलब ३ प्रतिशतमा कुनै नियमित कोठी पाइएन । कोठी र मेलानोमालाई संयोग मात्र भन्न नसकिने अध्ययन टोलीको निस्कर्ष छ ।

‘मेलानोमा भएका व्यक्तिमा कोठी हुने साझा समस्या लगायत हाम्रो अध्ययनले अनगिन्ति स्वास्थ्य सम्बन्धी नयाँ सन्देश दिएको छ,’ डा.गेलर भन्छन् । त्यसो त धेरै कोठीको गणनाको भरमा चिकित्सकले बिरामी उच्च खतरामा छ भन्ने यकिन गर्न नसक्ने पनि उनले बताए । कोठीमा हुने परिबर्तन केबल मेलानोमाको मात्र संकेत नभएको उनी बताउछन् । स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

यसअघिको एक अध्ययनले दाँया पाखुरामा ७ भन्दा बढी कोठी भएका व्यक्तिमा शरिरभर ५० भन्दा बढी कोठी भएका व्यक्तिमा भन्दा नौ गुणा मेलानोमाको खतर हुने देखाएको थियो ।

अमेरिकी क्यान्सर सोसाईटीका अनुसार जब मेलानोमा बाक्लो हुँदै जान्छ यो फैलिने उत्तिकै बढी सम्भवाना हुन्छ । तर, सामान्यतया १ एमएम मोटाई भन्दा कम भएको ट्युमरमा मेलानोमा फैलने धेरै न्यून सम्भावना भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया