१. हृदयाघात महिलाको ‘नम्बर १ हत्यारा’ हो, मुटुजन्य रोग भएका हरेक ३ महिलामा एकजनाको मृत्यु हुने गरेको छ । २. शहरी तथा ग्रामीण क्षेत्रमा मुटुरोगका कारण सबैभन्दा बढी मृत्यु हुने गरेको छ । ३. सन् २०११ मा अष्ट्रेलियामा मात्र ९ हजार ८ सय ११ मानिसको मृत्यु भएको थियो, यो समग्रमा दैनिक २७ जनाको दर हो । ४. सबै समुदाय मुटुजन्य रोगबाट प्रभावित हुन्छ । अमेरिकी, अलास्कान, अफ्रिकन अमेरिकी, हिस्पानिक, गोरा समुदाय, एशियाली तथा प्रशान्त टापुका समुदायमा मुटु रोग मृत्युको दोस्रो ठूलो कारण हो । ५. हृदयाघातमा सधैं छातिमा पीडा, श्वास लिन कठिनाई र चिसो पसिना आउनेजस्ता लक्षण नदेखिन सक्छ । मानिसले थाहा नपाईकनै हृदयाघात हुन सक्छ । यसलाई साइलेन्ट हर्ट अट्याक भनिन्छ । ६. एकपटक हृदयाघात भइसकेको व्यक्तिलाई दोस्रोपटक हँुदा त्यही लक्षण नहुन सक्छ । ७. हरेक वर्ष ५५ हजार अष्ट्रेलियनहरु हृदयाघातको शिकार भएको अनुमान गरिन्छ । यसको अर्थ हरेक १० मिनेटमा एकजनालाई हृदयाघात हुन्छ । ८. अस्पतालबाट टाढा रहेको अवस्थामा हृदयाघात भएको एक घण्टामा ५० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ । ९. मुटुजन्य रोगमा बर्सेनि ६० अर्ब लगानी भइरहेको हुन्छ । १०. जीवनकालमा पुरुषमा मुटुरोग हुने खतरा ५१.७ प्रतिशत र महिलामा ३९.२ प्रतिशत हुन्छ ।स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

 

तपाईको प्रतिक्रिया