नेपालगन्ज २४ कार्तिक । नेपालगन्ज उप–महानगरपालिका २२, पुरैनाकी मृगौला पिडित २५ बर्षीया अस्मिता पुन मगरलाई साउदीमा रहेका नेपालीहरुले ११ हजारबढी रुपैंया आर्थिक सहयोग गरेका छन् ।

साउदीमा रोजगारीको सिलसिलामा रहेका बाँके र बर्दियाका ७ जना युवाहरुले ४ सय ५० साउदी रियाल अर्थात नेपाली ११ हजार ६ सय ८६ रुपैया सहयोग स्वरुप पठाइएको साउदिबाटै सहयोग रकम पठाएका खजुरा गाउपालीका ४ ई गाउँका केशर क्षेत्रि नेपालीले जानकारी दिए ।

खजुरा गाउपालिका ४ ई गाउँ, हाल साउदिमा रहेका नेपालीले १ सय १ , जगदिस केसीले ५०, गगन केसीले ४४, भण्डारीयाका हिक्मत रोकाले ५० , बासगढि बर्दियाका तिर्थ पाठकले ४५, बुटवलका राजु सुनारले ५० र फिलिपिन्स नागरीक जोनले १ सय साउदी रियाल सहयोग स्वरुप मृगौला पिडित अस्मिता पुन मगरको लागी नेपालगन्जका पत्रकार खगेन्द्र दाहाल मार्फत नेपाल पठाएका हुन ।

पत्रकार दाहालले साउदीमा रहेका दाजुभाईलाई पिडित पुनमगरलाई सहयोग गरीदिन फेसबुक मार्फत आग्रह गरेका थिए । त्यस्तै लियो क्लव अफ नेपालगन्ज बागेश्वरीले ५ हजार ५ सय, लियो क्लव अफ नेपालगन्ज खजुराले ५ हजार र विवेकशील साझा पार्टीका क्षेत्र नम्वर तीन ख प्रदेशसभाका उम्मेदवार अमित लामाले ५ हजार रुपैंया आर्थिक सहयोग गरेका छन । उक्त रकम शुक्रबार नै पीडितलाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया