काठमाडौँ । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, महाकाली नगरपालिका वडा नं. ०४, दार्चुला र सिद्घिचरण नगरपालिका वडा नं १२, ओखलढुङ्गामा आज मिति २०७४ कार्तिक २४ गते एक समारोहका बिच् समुद्घाटन सुसम्पन्न भयो । महाकाली नगरपालिकाका मेयर श्री हंस राज भट्टज्यू बाट दार्चुला शाखाको र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष श्री ज्ञानेन्द्र कुमार मास्केज्यू बाट ओखलढुङ्गा शाखाको समुद्घाटन सम्पन्न भएको थियो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया