ताजा खबर:-सामान्यतय: हामी शरीरको दुर्गन्धबाट बँच्न र ताजापन महसूस गर्नका लागि डीओडरेन्ट या परफ्यूमको प्रयोग गर्छौँ । तर बदलिँदो मौसममा यसमा परिवर्तन ल्याउन आवश्यक हुन्छ । जान्नुहोस्, जाडो मौसममा यसलाई कसरी अपनाउनु पर्दछ ।

वास्तवमा चिसो दिनहरूमा त्वचा निकै रुखो हुन्छ र यसमा नरमपनको अभाव हुन्छ, जसबाट कयौँ पटक त्वचा फाट्न थाल्छ । यस समय त्वचामा यस्ता कुनै पनि चीजको प्रयोग गर्नु हुँदैन जुन केमिकलयुक्त हुन्छ या सिधा प्रभाव पार्छ किनकि यसले समस्यालाई थप बढाउन सक्छ ।

रुखो या फाटेको त्वचामा डिओ वा परफ्यूमको प्रयोगले पोल्ने समस्या उत्पन्न गर्नुको साथै त्वचामा नोक्सान पुर्याउन सक्छ । यसकारण यस्ता डिओ या मिस्टको उपयोग गर्दा निकै सजग हुनुपर्छ, जुन प्राकृतिक होस् र यसमा कुनै पनि केमिकल मिक्स हुनुहुँदैन ।

यसको साटो तपाई घरमै सुगन्धित फूलहरूबाट तयार गरिएको प्राकृतिक परफ्यूम वा डिओको प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाई चाहनुहुन्छ भने पानीमा गुलाब, मोगरा वा चमेलीको फूलहरूको पातलाई मिलाएर यो पानीले नुहाउन सक्नुहुन्छ । पानीमा गुलाबजल मिलाएर पनि नुहाउन सकिन्छ । यसो गर्दा तपाईलाई कुनै पनि किसिमको परफ्यूमको आवश्यकता पर्दैन र तपाई दिनभरी ताजापन र सुगन्धित महसूस गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया