एजेन्सी । ज्याकलिन फर्नाडिस र सिद्धार्थ मल्होत्राको चुम्बन दृश्य अहिले पनि बलिउडमा चर्चामा छ । ‘अ जेन्टलमेन’को सुटिङको क्रममा अर्जुन कपुर र सिद्धार्थ मल्होत्राले सुटिङ युनिटलाई दंग पार्दै नायिकालाई चुम्बन गरिरँदा निर्देशकले कट भने तर नायकहरु टर्ने पक्षमा देखिएनन् । सुटिङमै उत्तेजित भएपछि यस्तो भएको हुनसक्ने भन्दै भारतीय मिडियामा समाचारहरु भाइरल भएका थिए । यता निर्देशकले कट भनिरहँदा ज्याकलिन फर्नाडिस र सिद्धार्थ मल्होत्रा रोमान्समा नै अड्कीएपछि उनीहरुको चुम्बन दृश्यका समाचारहरु भाइरल बन्न पुगेका थिए । त्यस्तै विनोद खन्ना-डिम्पल कपाडिया, विनोद खन्ना-माधुरी दिक्षित, प्रेम नाथ-फरयाल लगायतका कलाकारहरुको पनि छायांकनका क्रममा निर्देशकले कट भनेपछि चुम्बन गरिरहेका रमाइला टुक्काहरु बेलाबेलामा आइरहन्छन् । जसमध्येको अविश्मरणीय दृश्य बन्न पुग्यो विनोद खन्ना-माधुरी दिक्षितको । यो जोडीले सन् १९८८ मा बनेको हिन्दी चलचित्र ‘दयावान’मा चुम्बनको अभिनय गर्दा विनोद यति इमोस्नल भएका थिए कि माधुरीको ओठबाट रगतै आएपछि हंगामा नै मच्चिएको थियो ।

तपाईको प्रतिक्रिया