रुकुम । रूकुममा चुनाव प्रचार प्रसारका लागी गएका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । विनाविभागीय मन्त्री समेत रहेका नेता शर्मामाथी पश्चिम रुकुमको चौरजहारी नगरपालिका – गोइरीमा बम प्रहार भएको हो । यद्यपी बम प्रहारबाट शर्मा र उनको गाडलिाई कुनै षती नभएको बताइएको छ । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको र मन्त्री शर्मालाई तत्कालै सुरषीत स्थानतर्फ लगिएको बताइएको छ । वाम गठबन्धनका उम्मेदवार शर्मालाई नेत्रबिक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले बम प्रहार गरेको अनुमान छ ।

तपाईको प्रतिक्रिया