काठमाडौं । चलचित्र नगरीमा यतिबेला चलचित्र ‘तान्द्रो’को चर्चा उत्कर्षमा छ । माओवादी युद्धकालमा घटेको एक घटनाको बिषयमा निर्माण भएको चलचित्र ‘तान्द्रो’ले तत्कालिन समयको यर्थाथ घटनालाई चलचित्र मार्फत बाहिर ल्याएको बताइएको छ । चलचित्र ‘तान्द्रो’ हेर्न का नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ९किरण० समेत हलमा पुगेका छन् । कोमल पोखरीस्थित सिटीसेन्टरमा गरिएको चलचित्रको प्रिमिएरमा वैद्यले रोचक पुर्वक पुरै चलचित्र समेत हरेका छन् । युद्धको घटना पर्दामा देख्दा मनै भारी भएको वैद्यले चलचित्र हेरेपछि प्रतिक्रिया दिए । त्यस्तै चलचित्र ‘तान्द्रो’ हेर्न विवेकशिल पार्टीकी नेतृ रन्जु दर्शना पनि हलमा पुगेकी थिइन् । आजबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्र ‘तान्द्रो’ माओवादी युद्धकालमा एक ब्यक्तिले भोगेको घटनालाई आधार बनाउँदै निर्माण भएको चलचित्र हो ।

वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको कथालाई चलचित्रले मुख्य रुपमा उठाएको छ । साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया