एजेन्सी । विश्व्कै महंगो जुत्ताको मुल्य कति पर्छ होला ? बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेपछि यो महंगो जुत्ताको चर्चा अहिले विश्वभर भइरहेको छ । हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ । यसको मूल्य १।५१ करोड डलर राखिएको छ ।महंगो डिजाइनहरुका लागि चर्चित डिजाइनर डेबीले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् । यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन् । ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो । यसको मूल्य १।५४ करोड डलर राखिएको थियो । जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ । यिनीहरु एउटैको १२।८ लाख अमेरिकी डलर पर्ने डेलिमेलले लेखेको छ ।

तपाईको प्रतिक्रिया