जनकपुरधाम । प्रहरीले धनुषा जिल्लाको सबैला नगरपालिका९ १३ ढोलवाजा टोलकी ५० वर्षीय कलसिया देवी महरालाई गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । महरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा उनका दुई छोराहरु २४ वर्षीय देवेन्द्र महरा र रामअवतार महरालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अन्दाजी १० किलो गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ५० वर्षीय कलसिया देवी महरा स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवार हुन् । प्रहरीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अन्दाजी १० किलो गाँजासहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया