नवलपरासी । नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४७ जना घाइते भएका छन् । चितवनबाट लुम्बिनी भ्रमणका लागि विद्यार्थी लिएर गएको ग १ ख ३१८९ नं को बस नवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित सुक्रौलीमा दुघृटना भएको हो । चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार उक्त बस अनियन्त्रित भई सडकमा पलिटएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरि उपचारका लागि अस्पताल लैजाने काम भइरहेको छ । दुर्घटना भएको केही मिनेटमा प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा लागेको हो ।

तपाईको प्रतिक्रिया