काठमाडौं – पछिल्लो समयका चर्चित नायक अनमोल केसीको माग र ब्यस्तता बढीरहेका बेला अहिले उनी चलचित्र कृको छायांकनमा ब्यस्त छन् । अभिनेत्री अदिती बुढाथोकीको रोमान्स रहेको चलचित्र ‘कृ’को चर्चा चलिरहेका बेला अर्की चर्चित नायिका स्वेता खड्काको चलचित्र कान्छीले कृसँग प्रर्दशन मिति जुधाएर आफ्नो चलचित्रको प्रदृशन मिति सार्वजनिक गरेको छ । कृको बाँकी केही दृश्यहरुको अन्तिम छायाँकनमा रहेको यो चलचित्र गिरी र अभिनेता भुवन केसीले मिलेर बनाएका हुन् । अनमोलको २० लाख पारिश्रमिक बताइएको चलचित्र सुरेन्द्र पौडेल निर्देशन गरिरहेका छन् । कृले पटक पटक मिति सार्दै आएको चलचित्रले २८ माघलाई आफ्नो प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेका बेला श्वेताले पनि सोही मितिमा आफ्नो चलचित्र कान्छी सार्वजनिक गर्ने उल्लेख गरेकी छिन् । कान्छीमा श्वेता र दयाहाङ राईको अभिनय रहेको छ । कान्छीले केही दिन पहिले यो मिति रिलिज मितिका रुपमा सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया