नेपालगन्ज २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टि निकट महिला संघको बिबाद टुङ्गिएको छ । महिला संघको निर्बाचनको क्रमबाट शुरु भएको बिबाद जिल्ला प्रहरी कार्यालय सम्म पुगेको थियो । नेपालगन्ज उपमहानगरपालीका वार्ड नं। ४ की सदस्य ईन्दिरा शाही र राप्रपाकी महिला नेतृ बिष्णु सिंह ठकुरीका बिच नेतृत्वको बिषयलाई लिएर हात हालाहाल सम्मको स्थिती पैदा भएको थियो । बिहीवार जिल्ला प्रहरी कार्यालय बाँकेमा राप्रपा निकट अगुवा महिलाहरुको पहलमा दुबै पक्ष बिचको बिबाद टुङ्गाईएको हो । बिबाद टुङ्गिएपछी दुबै पक्षबाट भएका कमिकमजोरीलाई आगामी दिनमा दोहोरीन नदिने र सम्बन्धलाई अझ बढि प्रगाढ बनाउनुका साथै पार्टिका लागी एक भएर लाग्ने सहमती भएको छ । बिबाद सकिएपछी ठकुरीले आफनो फेसबुक पेजमा स्टाटस लेख्दै भनेकी छिन । ईन्दिर शाही दिज्जुको र मेरो मनमुटाब झगडा थियो, त्यो बिर्सेर हामी पहिला जस्तै राम्रो सम्बन्धमा बाधि सक्यौ । अब हामी एक छौ ।

तपाईको प्रतिक्रिया