काठमाण्डौं – लोकतान्त्रिक गठबन्धनको सहमति पालना नहुँदा त्यसले कांग्रेसका प्रभावशाली नेताहरुलाई समेत प्रभाव परेको छ् । यहि कारणले काठमाण्डौं क्षेत्र नं. ८ अन्तर्गग प्रतिनिधिसभा तर्फ निर्वाचनमा नविन्द्रराज जोशी डेन्जर जोनमा छन् भने प्रदेश ख मा राप्रपा र बाम गठबन्धनको प्रतिस्पर्दा हुने देखिन्छ ।

आगामी २०७४ मंसिर २१ हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निजिकिदै गइरहेको छ । उक्त निर्वाचनमा काठमाण्डौं क्षेत्र नं. ८ ख प्रदेश सभामा राप्रपाको प्रभावसाली युवा नेता युवा संगठनका अध्यक्ष प्रकाश रिमाल चुनावी मैदानमा एमालेका अष्टलक्ष्मी शाक्यसँग प्रतिस्पर्दा गदैछन् । एक्त प्रदेश ख मा नागार्जुन न.पा वडा ४,५ र का.म.न.पाका वडा नं. १५ गरी ३ वटा वडा पर्दछ । यस प्रदेशमा साविकको सितापाईला गा.वि.स पुरै पर्दछ । यी वडा मध्य राप्रपाले स्थानीय निर्वाचनमा एउटा वडा जितेका थियो भने एमालेले दुईवटा वडा जितेको थियो । यस प्रदेशमा संगठिनिक रुपमा पनि राप्रपा र एमालेकै प्रभाव बढी देखिन्छ । यस प्रदेशमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारीलाई लिएर स्थानीय एमाले कार्यकर्ता समेत रुष्ट देखिन्छ । उनी सभासद हुँदा समेत यस क्षेत्रलाई वेवास्था गरेकि थिइन् । संसदीय विकास कोषको पैसा सबै क्षेत्र नं. ९ मा खर्च गरेका र यस प्रदेशलाई पूर्ण रुपमा छोडिसकेको कारण एमाले कार्यकर्ता समेत रुष्ट रहेको बुझिन्छ । अष्टलक्ष्मी शाक्य त्यस प्रदेशको मतदाता पनि हैनन् । उनीले आफ्नो लागि आफैले मत समेत हाल्न पाउने छैनन् । उमेरले पनि पाको र जनता समेतमा सम्बन्ध सम्पर्क समेत कम भएको हुँदा उनलाई उम्मेदवारी बनाएकोमा समेत त्यस प्रदेशका जनता समेत असन्तुष्ट छन् । भने राप्रपाले युवा तथा प्रभावशाली नेता प्रकाश रिमाललाई उम्मेदवार बनाउदा अष्टलक्ष्मी डेन्जर जोनमा रहेको बुझिन्छ । वि.सं २०५४ साल मै स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित र वि.सं. २०७० को संविधानसभा निर्वाचनमा प्रतिपर्दात्मक मत ल्याएका उनको संभावना राम्रो रहेको पाइन्छ ।

त्यस्तै यस प्रदेशमा निर्वाचन क्षेत्रको चुनावी माहोलले समेत प्रभाव पर्ने देखिन्छ । प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका रविन्द्रराज जोशी र बाम गठबन्धनका तर्फबाट जिवनराम श्रेष्ठ प्रतिस्पर्दा गर्दैछन् । त्यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धन अन्तर्गत भएको सहमति अनुसार प्रतिनिधि सभामा राप्रपाले कांग्र्रेसलाई र प्रदेशमा कांग्रेसले राप्रपाललाई सघाउने बताईएको थियो तर अन्तिम अवस्थामा सहमति पालन नभएको अवस्थामा स्थानीय निर्वाचनलाई समेत गणना गर्दा कांग्रेस राप्रपाको मत बिना जित्न सक्ने अवस्था छैन् । राप्रपा बिना प्रतिनिधिसभा तर्फ बाम गठबन्धन नै विजय हुन देखिन्छ भने प्रदेश तर्फ राप्रपा र बाम गठबन्धनको प्रतिस्पर्दा हुने देखिन्छ । प्रदेशमा कांग्रेसले राप्रपालाई र प्रतिनिधिसभामा राप्रपाले कांग्रेसलाई सघाए निश्चित रुपमा दुवैको विजय हुनेछ ।

तपाईको प्रतिक्रिया