काठमाडौं – एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको गाडी लिलामीमा राखिने भएको छ । बिएमडब्ल्यू जेड ८ कार अमेरिकामा लिलामीमा राख्न लागिएको हो ।यो कार स्टिभको मृत्युपछि ६ वर्षसम्म उनको निजी ग्यारेजमै राखिएको थियो । ११ अक्टोबर २०११ मा उनको मृत्यु भएको थियो । स्टिभको कार तीनदेखि चार लाख डलर अर्थात् करिब तीन करोडदेखि चार करोड रुपैयाँँमा बिक्री हुने अनुमान छ । कार संकलन गरेर लिलामीमा राख्ने कम्पनी आरएम सोथवेले स्टिभको कार पनि लिलामीमा राखेको हो । यो कार स्टिभले मोडिफाई गरेर चलाएका थिए । यसको भित्री भागमा टाइटानियम र कालो रङको लेदर प्रयोग गरिएको छ । नयाँ पत्रिकाले छापेको छ ।

स्टिभले सन् २००० मा यो कार एक लाख २९ हजार डलरमा खरिद गरेका थिए । कारको साथमा उनले प्रयोग गर्ने भिन्टेज मोटोरोला फोनसमेत छ ।

तपाईको प्रतिक्रिया