ताजा खबर:- मृगौला शरीरको टोक्सिन्स( हानिकारक तत्वहरू)लाई छानेर बाहिर निकाल्छ । गलत खानपान वा औषधीको साइड इफेक्टको कारण कयौँ पटक मृगौला खराब हुने सम्भावना रहन्छ । यसबाट बँच्नका लागि यस्ता ड्रिंक लिँदा फाइदा मिल्छ, जसमा एन्टीअक्सीडेन्ट्स जस्ता न्यूट्रीएन्ट्सको मात्रा अधिक हुन्छ । चिकित्सकका अनुसार, आज हामी चर्चा गर्दैछौँ, यस्ता ७ ड्रिंकको बारेमा जसले मृगौलाको रोगहरूबाट बचाउँछ ।

के हो मृगौलाको समस्याका लक्षण?

मृगौलामा समस्या हुँदा पिसाब पटक-पटक लाग्छ । यसको कारणले कमजोरी र सूजन हुनथाल्छ । रगतको कमी वा त्वचा सम्बन्धी समस्याहरू बढ्नु पनि मृगौलाको समस्याको लक्षण हुनसक्छ । मृगौलामा समस्या हुँदा उल्टी पनि हुनसक्छ । यस अवस्थामा जोर्नीमा दुखाई हुन्छ वा BP हाई वा लो हुनसक्छ ।

१-बेसार पानी

उसमा एन्टीसेप्टिक गुण हुन्छ । यसले मृगौलामा पत्थरी हुनबाट बचाउँछ ।

२-नरिवल पानी

यसमा रहेको इलेक्ट्रोलाइट्स पटक-पटक पत्थरी बन्ने प्रक्रियालाई रोक्छ ।

३-ब्ल्याक टी

यसमा पाईने ओक्जेलेट्स मृगौला हुनसक्ने समस्याबाट बचाउँछ ।

४-कागती पानी

यसमा पाईने साइट्रीक एसिडका कारण मृगौलामा पत्थरी हुनसक्ने सम्भावना कम हुन्छ ।

५-काक्राको जूस

यसबाट शरीरको टोक्सिन्स हट्छ । यसले मृगौलामा पत्थरी हुनबाट पनि बचाउँछ ।

६-छाछ

यसमा पाईने प्रोबायोटिक ब्याक्टेरिया मृगौलालाई सन्तुलित कार्य गर्न मद्दत गर्छ ।

७-तुलसीको चिया

यसमा पाईने फाइटोकेमिल्स यूरिन सम्बन्धी समस्याबाट बचाउँछ  ।

तपाईको प्रतिक्रिया